कोरोना भाइरस नेपालमा आइसकेको छैन, तैपनि सचेत रहौ : पर्यटनमन्त्री भट्टराई



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा कोरोना भाइरसको भयावह अवस्था नहरेको बताएका छन् । भाइरसकै कारण नेपाल आउने पर्यटकले असुरक्षित नरहेको उल्लेख गर्दै उनले यसमा सरकार सचेत रहेको बताए ।

मन्त्रालयले सोमबार पर्यटन र हवार्इ उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेको छ । छलफलमा नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश सरकारी तवरबाटै आउनुपर्ने माग निजी क्षेत्रका प्रतिनिधिले गरेका थिए । जवाफमा मन्त्री भट्टराईले नेपाल प्रकोपमा रहेको सन्देश नजाने तर पूर्ण तयारीमा रहेको सन्देश भने प्रवाह गर्न आग्रह गरे । उनले विमानस्थल र सीमा नाकामा हुने चेकजाँचमा अत्याधुनिक उपकरण थप्न विमानस्थल तथा अन्य सरोकारवालालाई निर्देशन दिए ।

अध्यागमन र विमानस्थलका विभिन्न निकायमा खटिने कर्मचारीलाई सुरक्षित रहने उपाय अपनाउन पनि उनले आग्रह गरे । होटलहरुले बिरामी भेट्नासाथ अस्पताल पठाएर सहयोग गर्नुपर्ने उनले बताए । चीनबाट आउने जहाजलार्इ अन्य यात्रुसँग सम्पर्क नहुने गरी व्यवस्थापन गर्न उनले विमानस्थललाई निर्देशन दिए ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले एकै पटक ठूलो संख्यामा आएका पर्यटकको ज्वरो नाप्न सकिने गरी उपकरण जडान गरिएको बताए

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...