चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो



हाम्रो इकोनोमि

 

 

चीनको हुबेई प्रान्तबाट फैलन सुरु भएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ ।

निकै तीव्ररुपमा फैलिरहेको भाइरसका कारण तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ । हुबेईको वुहान शहरमा र अन्य शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म हुबेई प्रान्तमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ देखि ७६ को बीचमा रहेको छ भने चार जनाको अन्यत्रै मृत्यु भएको छ । चीनमा मात्रै कोरोना भाइरसको दुई हजार सात सयभन्दा बढी घटना सार्वजनिक भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन सयभन्दा बढी गम्भीर बिरामी छन् ।

५० लाख बढी चिकित्सा कर्मचारी हुबेई प्रान्तमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सामेल भएका छन् । कम्तीमा दुई हजार शैंया क्षमताको नयाँ दुई वटा अस्पताल बनाइँदैछ भने कारखानाहरु मास्क र सुरक्षात्मक कपडा बनाउनका लागि जुटेका छन् ।

यसैबीच फ्रान्सका स्वास्थ्य मन्त्री एग्नेस बुजिनले चीन सरकारसँग भएको सम्झौतापछि यही हप्ताभित्र फ्रान्सेली नागरिकलाई हवाई जहाजको माध्यमबाट फ्रान्स ल्याउने तयारी भइरहेको बताए । अहिलेसम्म यो भाइरसको सङ्क्रमण अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...