चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो



हाम्रो इकोनोमि

 

 

चीनको हुबेई प्रान्तबाट फैलन सुरु भएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ ।

निकै तीव्ररुपमा फैलिरहेको भाइरसका कारण तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ । हुबेईको वुहान शहरमा र अन्य शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म हुबेई प्रान्तमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ देखि ७६ को बीचमा रहेको छ भने चार जनाको अन्यत्रै मृत्यु भएको छ । चीनमा मात्रै कोरोना भाइरसको दुई हजार सात सयभन्दा बढी घटना सार्वजनिक भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन सयभन्दा बढी गम्भीर बिरामी छन् ।

५० लाख बढी चिकित्सा कर्मचारी हुबेई प्रान्तमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सामेल भएका छन् । कम्तीमा दुई हजार शैंया क्षमताको नयाँ दुई वटा अस्पताल बनाइँदैछ भने कारखानाहरु मास्क र सुरक्षात्मक कपडा बनाउनका लागि जुटेका छन् ।

यसैबीच फ्रान्सका स्वास्थ्य मन्त्री एग्नेस बुजिनले चीन सरकारसँग भएको सम्झौतापछि यही हप्ताभित्र फ्रान्सेली नागरिकलाई हवाई जहाजको माध्यमबाट फ्रान्स ल्याउने तयारी भइरहेको बताए । अहिलेसम्म यो भाइरसको सङ्क्रमण अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...