बोइङ ७७७ एक्स : यो हो दुई इन्जिन भएको सबैभन्दा ठूलो जेटको परीक्षण उडान (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

जहाज निर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको संसारकै सबैभन्दा ठूलो जेट ७७७ एक्स को पहिलो परीक्षण उडान गरेको छ ।

अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष विश्वभर नै रोक लगाइएको थियो। ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो।

बोइङले आफ्नो छवि सुधार्ने प्रयासस्वरूप नयाँ विमानको परीक्षण गरेको मानिएको बिबिसीले जनाएको छ ।

अमेरिकाको सीयाटलनजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो। तीव्र गतिमा हावा चलेकाले यस अघि दुईचोटि परीक्षण उडान स्थगित गरिएको थियो। आगामी वर्ष सेवामा प्रवेश गर्नुअघि यो विमानको थप परीक्षण हुनेछ।

झन्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो।

यो मोडलको विमान बोइङको सफल ७७७ मिनी-जम्बो विमानको विशाल र परिष्कृत रूप हो। दोब्रिने विङ्टिप र संसारकै सबैभन्दा विशाल व्यावसायिक इन्जिन यो विमानका विशेषता हुन्।

बोइङका बजारनिर्देशक वेन्डी सौवर्स भन्छन्, ‘यो विमानले कम्पनीका रूपमा हामीले गर्न सक्ने भव्य कामको प्रतिनिधित्व गर्छ।’

नयाँ मोडलका ३०९ वटा विमान बेचिसकिएको बोइङले जनाएको छ। तिनको कुल मूल्य ४४.२ करोड अमेरिकी डलरभन्दा बढी हुन्छ।

यो विमानले अर्को कम्पनी एअरबसको ३६० यात्रु अट्ने ए ३५०-१००० विमानसँग प्रतिस्पर्धा गर्नेछ।

अक्टोबर २०१८ मा इन्डोनेशिया र गत वर्ष मार्चमा इथियोपियामा भएका भयानक विमान दुर्घटनापछि बोइङ कम्पनी सङ्कटमा परेको छ।

पाँच महिनाभित्र दुईवटा दुर्घटना भएपछि बोइङले ९३७ म्याक्स मोडलका विमानको उत्पादन पनि स्थगित गरेको थियो।

बोइङलाई उड्डयन सुरक्षाबारे हेलचेक्र्याइँ गरेको आरोप लागेको छ भने ती दुर्घटनापछि विभिन्न अनुसन्धानहरू भइरहेका छन्।

विमान त्यसरी थन्काउनुपर्दा बोइङलाई नौ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा लागेको अनुमान गरिएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...