दहीको काइदाः खाँदा के के हुन्छ फाइदा–वेफाइदा ?



हाम्रो इकोनोमि

 

 

दहीको फाइदाबारे तपाईंलाई पक्कै पनि थाहा छ । दुधबाट बनिने दहीलाई अमृत खाद्य भने फरक पर्दैन । यसमा क्याल्सियम र भिटामीन डी पर्याप्त मात्रामा पाइने गर्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउने गर्छ । त्यसै गरी दूधमा मांसपेशी निर्माण गर्नको लागि अत्यावश्यक प्रोटिन पनि पर्याप्त पाइन्छ ।

दूधजन्य खानेकुराहरु क्याल्सियमको सबैभन्दा राम्रा स्रोतहरुमध्येको एक हो । सबैलाई थाहा भएकै कुरा हो, हड्डी तथा दाँतलाई स्वस्थ राख्न तथा तिनको विकास हुनको लागि क्याल्सियम अत्यावश्यक हुन्छ । त्यसबाहेक क्याल्सियमले रगत जम्न, घाउहरु निको हुन तथा रक्तचापलाई सही अवस्थामा राख्न समेत सहयोग गरिरहेको हुन्छ । अझ भिटामीन डी हुने खानेकुराहरुका साथ खाने हो भने त क्याल्यिमले झनै फाइदा गर्छ । भिटामीन डीले हाम्रो शरीरमा क्याल्सियम राम्ररी सोसिन मद्दत गर्छ ।

त्यसबाहेक दहीमा भिटामीन बी६ र बी१२, रिबोफ्लाविन, पोटासियम र म्याग्नेसियम समेत हुन्छ । यति भनेर मात्रै दहीको बखान पुग्दैन । विभिन्न अध्ययनहरुले के देखाएको छ भने दही हाम्रो मुटुको लागि पनि अति उपयोगी हुने गर्छ ।

दहीको नियमित सेवनले हाम्रो रगतमा कोलेस्ट्रोलको मात्रा र रक्तचाप नियन्त्रित रहन्छ । एउटा अध्ययनका अनुसार, दही नखानेहरुको तुलनामा दही खानेहरुको पाचन प्रणाली सही हुने, बडी मास इन्डेक्स कम हुने, कम्मर पातलो हुने, ट्रिग्लिसेरिड्सको मात्रा कम हुने, ग्लुकोज र रक्तचापको मात्रा नियन्त्रित रहने तथा रगतमा राम्रो कोलेस्ट्रोलको मात्रा चाहिँ बढ्ने गरेको पाइएको थियो ।

उक्त अध्ययनमा के देखिएको थियो भने दही खाने मानिसले मासु र रिफाइन गरिएका दालहरु कम खाने गर्छन् । दही खानेहरुले बढी फलफूल, सागपात, ओखरबदाम र अरु स्वस्थकर खानेकुराहरु बढी खाने गरेका थिए । फलतः उनीहरुले उच्च मात्रामा पोटासियम, भिटामीन बी१२ र बी२, क्याल्सियम, म्याग्नेसियम, जिंक र अरु माइक्रोन्यूट्रिएन्टहरु पाएने गरेका थिए ।

अर्को एउटा अध्ययनले चाहिँ नियमित रुपमा दही सेवन गर्नाले कालान्तरमा तौल पनि घट्ने देखाएको थियो । सबैलाई थाहा भएकै कुरा हो, शरीरको तौल अनावश्यक रुपमा मोटो नहुँदा हामीलाई मुटुसम्बन्धी रोगहरु लाग्ने सम्भावना पनि कम भएर जान्छ ।

दहीको नियमित सेवनले दीर्घकालमा शरीरको तौल घटाउन सहयोग पुग्ने एउटा अध्ययनमा देखिएको छ । त्यसो त फलफूल, सागसब्जी र रिफाइन नगरिएका गेडागुडीहरुको सेवनले पनि मानिसको तौल सन्तुलित राख्न मद्दत पुग्ने विभिन्न अध्ययनहरुले देखाएको छ तर त्यो भन्दा पनि प्रभावकारी चाहिँ दहीको सेवन नै देखिएको छ ।

भनिबस्नु पर्दैन कि जब हाम्रो शरीर अनावश्यक मोटो हुँदैन, त्यसको सोझो फाइदा मुटुलाई नै पुग्छ । शरीर अनावश्यक रुपमा मोटो नभएपछि शरीरका सबै भागहरुमा रगतको माध्यमबाट पोषक तत्वहरु वितरण गर्ने मुटुले पनि अनावश्यक रुपमा बढी काम गर्नु पर्दैन । त्यसबाहेक, अनावश्यक रुपमा मोटो हुँदा देखापर्ने रक्तचाप, कोलेस्ट्रोलका समस्या लगायतका मुटुसम्बन्धी समस्याहरु सन्तुलित तौल हुँदा देखापर्ने सम्भावना कम रहन्छ ।

कुन दही राम्रो ?

बजारमा थरिथरिका दहीहरु पाइन्छन् । कुनै दही सादा हुन्छन् भने कुनै गुलियो । त्यसै गरी कुनै दहीमा चिल्लो बेसी हुन्छ भने कुनै दहीमा चाहिँ चिल्लो काढिएका हुन्छन् । यस्तो अवस्थामा स्वभाविक रुपमा प्रश्न उठ्न सक्छः स्वास्थ्यको दृष्टिकोणले चाहिँ कुन दहीको सेवन राम्रो होला त ?

वास्तवमा, स्वादको हिसाबले अरुको तुलनामा केही कमसल भए पनि सादा र चिल्लोरहित दही नै स्वास्थ्यको लागि राम्रो हुन्छ । अरु दहीमा जस्तै सादा र चिल्लोरहित दहीमा पनि पर्याप्त मात्रामा प्रोटिन, क्याल्सियम, पाचन प्रणालीलाई सही अवस्थामा राख्ने असल व्याक्टेरियाहरु प्रशस्त मात्रामा पाइन्छ । अझ तौललाई सन्तुलित राख्न चाहनेहरुको लागि त सर्वोत्तम विकल्प नै सादा र चिल्लोरहित दहीनै हुन आउँछ ।

दूधबाट बनिने सर्वोत्तम परिकारको नाम हो दही । दहीमा प्रचुर मात्रामा प्रोटिन र क्याल्सियम त पाइन्छ नै, यसमा पाइने प्रोबायोटिक्स भनेर चिनिने गुणकारी व्याक्टेरियाहरुले हाम्रो पाचनप्रणालीलाई सही र स्वस्थ राख्न मद्दत पनि गर्ने गर्छ । कतिपयले त के विश्वास गर्छन् भने ती प्रोबोयाटिक्सहरुले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने काम पनि गर्छ ।  दहीमा पाइने क्याल्सियमले हाम्रो हड्डीलाई बलियो बनाउनुका साथै हड्डी मक्किने, कमजोर हुने समस्याबाट पनि बचाउने गर्छ । दहीमा शरीरका लागि आवश्यक अन्य भिटामीन तथा खनिजतत्वहरु पनि पाइन्छ । तीमध्येमा भिटामीन बी६, बी१२, रिबोफ्लाबिन, पोटासियम र म्याग्नेसियम प्रमुख हुन् ।

कतिपयले के पनि तर्क दिने गर्छन् भने दहीको नियमित सेवनले हाम्रो मस्तिष्कको कार्यक्षमतामा पनि अभिबृद्धि हुन्छ । तर यो दावीलाई प्रमाणित गर्नको लागि थप अध्ययनअनुसन्धानहरु हुनु जरुरी छ ।

सन् २०१४ मा गरिएको एक अनुसन्धानमा के पत्ता लाग्यो भने नियमित रुपमा दहीको सेवनले टाइप २ किसिमको डाइबिटिजबाट पनि रक्षा गर्छ । एउटा अध्ययनले त के पनि सुझाव दिएको छ भने दहीमा हुने प्रोबायाकिट ब्याक्टेरियाहरुले बच्चा र गर्भवती महिलाहरुलाई हानिकारक खनिजहरुको असरबाट पनि प्रतिरक्षा गर्ने गर्छ ।

रमाइलो कुरा के छ भने दुधमा प्रशस्त मात्रामा ल्याक्टोज हुने गर्छ । तर त्यही दुधबाट बन्ने दहीमा भने ल्याक्टोजको मात्रा कम हुने गर्छ । यसो हुनुको कारण चाहिँ दही बन्ने प्रक्रियामा सम्पन्न हुने फर्मेन्टेसन नै हो ।

सामान्यतः दही प्राकृतिक रुपमा केही अमिलो हुने गर्छ । त्यसैले दहीलाई मीठो बनाउनको लागि त्यसमा चिनीहरु हाल्ने गरिन्छ । तर जानकारहरुका अनुसार चिनी हालेर मीठो बनाएको दहीले भन्दा चिनी नहालेको प्राकृतिक अवस्थाको दहीले बढी फाइदा दिने गर्छ । फेरि दहीमा चिनी नहाले पनि प्राकृतिक रुपमा पनि त्यसमा केही चिनीको मात्रा अवश्य हुने गर्छ ।

दही जम्नको लागि सुक्ष्म जिवाणु (microbiotics) ले भूमिका निर्वाह गर्ने गर्छ । दही जमाउने उक्त सुक्षम जिवाणु अर्थात् व्याक्टेरिया Lactobacillus bulgaricus (L. bulgaricus)  हो । त्यस्तै अर्को ]{ Streptococcus thermophiles (S. thermophiles) जिवाणुले पनि दही जमाउने काम गर्छ । ब्याक्टेरिया भन्नेबित्तिकै हाम्रो मनमा रोग लगाउने किटाणु भन्ने छाप पर्न सक्छ । तर दही जमाउन सहयोग गर्ने यो सुक्ष्म जिवाणुहरु चाहिँ हाम्रो पाचन प्रणालीलाई फाइदा पुर्याउने स्वस्थ जिवाणु हुन् । प्रोबायोटिक्स भनिने यी जिवाणुहरुले हाम्रो पाचप्रणालीलाई स्वस्थ ढंगले काम गर्न र खाना पचाउने क्रममा त्यहाँ पैदा हुने ग्याँसहरुलाई कम गर्न, झाडापखाला लाग्न नदिन, कब्जियत हुन नदिन तथा पाचन खराब भएर पेट कराउन दिँदैन ।

कतिपय अनुसन्धानहरुले त के पनि देखाएके छ भने खाना पचाउन सहयोगी यी प्रोबायोटिक्सहरुले हाम्रो शरीरको रोगप्रतिरक्षा प्रणालीलाई बलियो बनाउन, शरीरमा अनावश्यक तौल बढ्न नदिन र क्यान्सरसमेतका खतरालाई कम गर्न भूमिका खेलिरहेको हुन्छ । नियमित रुपमा दही खाँदा र यस्ता प्रोबायोटिक्स हुने अन्य खानेकुराहरु खाँदा हाम्रो शरीरका लागि अत्यावश्यक भिटामीन तथा खनिज पदार्थहरु राम्ररी शरीरले ग्रहण गर्न सक्छ ।

युनिभर्सिटी अफ टोरान्टोले गरेको एउटा अध्ययनमा भिन्न प्रोबायोटिक्सहरुले भिन्न किसिमले असर गर्ने र तीमध्ये पनि दहीमा पाइने प्रोबायोटिक्सहरु चाहिँ झनै स्वस्थकर हुने देखाएको थियो ।

एउटा अध्ययनएउटा अध्ययनले त के पनि देखाएको छ भने दहीको नियमित सेवन गर्दा डिप्रेसनको समस्यामा पनि फाइदा पुग्छ ।

महिलाकाे याेनीमा हुने संक्रमणमा दहीले फाइदा गर्ने

त्यसैगरी, महिलाहरुमा हुने क्यान्डिडा भनिने योनीको यिस्ट संक्रमणको उपचारमा पनि दहीको प्रयोग फाइदाजनक हुने देखिएको छ । खासगरी, गुलियो र अन्य स्वाद बढाउने चिजहरु नमिसाइएको दहीमा हुने Lactobacillus  ले क्यान्डिडाको संक्रमणको उपचार हुने पाइएको छ । खासगरी, यिस्टको संक्रमण भएको महिलाले आफ्नो योनीमा रुवा, कटन वा ट्याम्पनको मद्दतले सादा दहीलाई मल्हमको रुपमा उपयोग गर्दा निक्कै आराम पुग्ने गरेको  अध्ययनले देखाएको छ ।एउटा अध्ययनले त दहीको उपयोग अन्य एन्टीफंगल औषधीहरुभन्दा पनि प्रभावकारी हुने पाइएको छ ।

दहीका वेफाइदा

सामान्यतः दहीको वेफाइदा खासै छैन । विशेष गरी, स्वाद बढाउनको लागि चिनी तथा अन्य पदार्थहरु प्रयोग गरिएका दही तुलनात्मक रुपमा कम स्वस्थकर मानिन्छ । त्यसबाहेक, कतिपयलाई दही खाँदा पखाला लाग्ने, पेट दुख्ने वा छालामा एलर्जी हुने जस्ता पनि हुन सक्छन् । तर यस्तो समस्या नगन्य मात्रलाई हून्छ ।
त्यसैगरी, रुघाखोकी लागेको बेलामा, पिनास भएका मानिसलाई दहीको सेवनले फाइदा गर्दैन । त्यस्तो बेलामा चाहिँ दहीको सेवन गर्नु हुँदैन ।
त्यसैगरी, कमजोर इम्युन सिस्टम भएको अवस्थामा पनि दहीको सेवनलाई राम्रो मानिँदैन । त्यसबेलामा कतिपय व्यक्तिलाई दहीको सेवन गर्दा दहीमा हुने व्याक्टेरियाले फाइदाभन्दा बढी वेफाइदा गर्न सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा सकेसम्म दहीको नियमित सेवन गर्नु ठीक मानिँदैन । त्यसैगरी, औषधीहरुका साथ पनि दहीको सेवन गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...