पक्राउ आदेश जारी भएपछि अस्पताल सञ्चालक दुर्गा प्रसाईं फरार



हाम्रो इकोनोमि

 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफुसँग २० करोड घुस मागेको सार्वजनिक अभिब्यक्ति दिएका बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई अदालतले पक्राउ अनुमति दिएको छ । गिरीले आफ्नो मानहानी गरेको भन्दै प्रसाईबिरुद्ध जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेका थिए ।

गिरीले मुद्दा दायर गरेपछि अदालतले उनलाई पक्राउको आदेश दिएको हो । तर पक्राउ आदेश जारी भएलगतै प्रसाई फरार भएका छन् । केही दिनअघिसम्म गिरीबिरुद्ध उजुरी लिएर उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका थिए । आयोगमा उनले गिरी बिरुद्ध भ्रष्टाचारको उजुरी दायर पनि गरेका थिए ।

भक्तपुर जिल्ला अदालतको आदेश पाएपछि प्रहरी पक्राउ गर्न उनको निवासमा पुगेको थियो । तर प्रसाईँ त्यहाँबाट भागिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...