पक्राउ आदेश जारी भएपछि अस्पताल सञ्चालक दुर्गा प्रसाईं फरार



हाम्रो इकोनोमि

 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफुसँग २० करोड घुस मागेको सार्वजनिक अभिब्यक्ति दिएका बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई अदालतले पक्राउ अनुमति दिएको छ । गिरीले आफ्नो मानहानी गरेको भन्दै प्रसाईबिरुद्ध जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेका थिए ।

गिरीले मुद्दा दायर गरेपछि अदालतले उनलाई पक्राउको आदेश दिएको हो । तर पक्राउ आदेश जारी भएलगतै प्रसाई फरार भएका छन् । केही दिनअघिसम्म गिरीबिरुद्ध उजुरी लिएर उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका थिए । आयोगमा उनले गिरी बिरुद्ध भ्रष्टाचारको उजुरी दायर पनि गरेका थिए ।

भक्तपुर जिल्ला अदालतको आदेश पाएपछि प्रहरी पक्राउ गर्न उनको निवासमा पुगेको थियो । तर प्रसाईँ त्यहाँबाट भागिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...