दाउदका बिजनेश पार्टर को हुन् नेपाली नेता ?



हाम्रो इकोनोमि

 

अन्डरवल्र्ड डन दाउद इव्राहिमले नेपालमा आफ्नो ब्यापारिक अखडा जमाएको भारतीय पत्रिकाहरुले बताएका छन् । केही दिन पहिले दाउदका विश्वास पात्र एजाज यूसुफ लकड़ावाला भारतको पटनाबाट पक्राउ परेका थिए ।

भारतीय प्रहरीको हिरासतमा रहेका एजाजले दाउदको ब्यापारिक अखडा नेपालमा भएको बयान दिएका छन् । उनको बयानलाई हवाला दिँदै भारतीय प्रभात खवर र दैनिक जागरणले सामाचार बनाएका छन् ।

भारतीय पत्रिकाकाअनुसार दाउदले नेपालमा इन्फास्टक्चर, कन्सट्रक्शन, होटल जस्ता ब्यवसाय सञ्चालन गरेको छन् । दाउदलाई नेपालका केही प्रभावशाली नेताहरुले सहयोग गरेको पनि बताइएको छ । तर भारतीय पत्रिकाहरुले भने नेपाली नेताहरुको नाम खुलासा गरेका छैनन् ।

एजाजले प्रहरीलाई दिइएको बयानका आधारमा भारतीय पत्रिकाहरुले समाचार बनाएका छन् । प्रहरीसँगको बयानमा एजाजले नेपाली नेता र ब्यूरोक्रयाट्ससँग मिलेर दाउदले ठुला कम्पनीहरु सञ्चालन गरेको बताएका छन् । तर कम्पनीका नाम भने सार्वजनिक गरिएको छैन ।

पहिलेदेखि नै नेपाली केही नेताको नाम दाउदसँग जोडिने गरेको छ । तरपनि उनीहरु दाउदका ब्यापारिक पार्टनर भएको तथ्य कतैबाट खुल्न सकेको थिएन । एजाज पक्राउ परेपछि भारतीय प्रहरीसँग नेपाली नेताहरुको नाम पनि खुलाएको बताइएको छ । तर भारतीय प्रहरीले नेपाली नेताहरुको नाम भने सार्वजनिक गरेको छैन ।

एजाजले दाउदका सवै कम्पनीहरु नेपालमा बसेर सञ्चालन गर्दै आएको भारतीय प्रहरीको दावी छ । भारतबाट लागु औषध, नक्कली नोटको कारोवार पनि दाउले गर्ने गरेको भारतीय मिडियाले जनाएका छन् । तर नेपालको प्रहरीले भने यस बिषयमा कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...