दाउदका बिजनेश पार्टर को हुन् नेपाली नेता ?



हाम्रो इकोनोमि

 

अन्डरवल्र्ड डन दाउद इव्राहिमले नेपालमा आफ्नो ब्यापारिक अखडा जमाएको भारतीय पत्रिकाहरुले बताएका छन् । केही दिन पहिले दाउदका विश्वास पात्र एजाज यूसुफ लकड़ावाला भारतको पटनाबाट पक्राउ परेका थिए ।

भारतीय प्रहरीको हिरासतमा रहेका एजाजले दाउदको ब्यापारिक अखडा नेपालमा भएको बयान दिएका छन् । उनको बयानलाई हवाला दिँदै भारतीय प्रभात खवर र दैनिक जागरणले सामाचार बनाएका छन् ।

भारतीय पत्रिकाकाअनुसार दाउदले नेपालमा इन्फास्टक्चर, कन्सट्रक्शन, होटल जस्ता ब्यवसाय सञ्चालन गरेको छन् । दाउदलाई नेपालका केही प्रभावशाली नेताहरुले सहयोग गरेको पनि बताइएको छ । तर भारतीय पत्रिकाहरुले भने नेपाली नेताहरुको नाम खुलासा गरेका छैनन् ।

एजाजले प्रहरीलाई दिइएको बयानका आधारमा भारतीय पत्रिकाहरुले समाचार बनाएका छन् । प्रहरीसँगको बयानमा एजाजले नेपाली नेता र ब्यूरोक्रयाट्ससँग मिलेर दाउदले ठुला कम्पनीहरु सञ्चालन गरेको बताएका छन् । तर कम्पनीका नाम भने सार्वजनिक गरिएको छैन ।

पहिलेदेखि नै नेपाली केही नेताको नाम दाउदसँग जोडिने गरेको छ । तरपनि उनीहरु दाउदका ब्यापारिक पार्टनर भएको तथ्य कतैबाट खुल्न सकेको थिएन । एजाज पक्राउ परेपछि भारतीय प्रहरीसँग नेपाली नेताहरुको नाम पनि खुलाएको बताइएको छ । तर भारतीय प्रहरीले नेपाली नेताहरुको नाम भने सार्वजनिक गरेको छैन ।

एजाजले दाउदका सवै कम्पनीहरु नेपालमा बसेर सञ्चालन गर्दै आएको भारतीय प्रहरीको दावी छ । भारतबाट लागु औषध, नक्कली नोटको कारोवार पनि दाउले गर्ने गरेको भारतीय मिडियाले जनाएका छन् । तर नेपालको प्रहरीले भने यस बिषयमा कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...