अबदेखि बैंकमा पैसा जम्मा गर्दा ३ पुस्ते विवरण भर्नुपर्ने, नागरिकता अनिर्वाय



हाम्रो इकोनोमि

 

 

माघे संक्रातिकै दिन पारेर वाणिज्य बैंकहरुले बुधबारदेखि गोएमएल प्रविधि लागु गरेका छन् । सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागु गरेका हुन् ।

वाणिज्य बैंकहरु पछि विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

यो सिस्टम राखे पछि बैंकिङ केहि झण्झटिलो हुनेछ । अहिले कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखेमात्रै पुग्ने थियो । तर अब भने भौचरमा जम्माकर्ताले ३ पुस्ते विवरण समेत उल्लेख गर्नु पर्नेछ ।

यतिमात्रै होइन नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि साथै देखाउनु पर्नेछ । तिन पुस्ते भर्नु पर्नेदेखि लिएर सक्कल परिचय पत्र समेत देखाउनु पर्ने भएकाले विद्यमान व्यवस्था भन्दा यो विधि केहि झण्झटिलो हुनेछ ।

के हो गोएमलएल ?
गोएमएल भनेको एउटा सफ्टवेयरको नाम हो । सम्पत्ति शुद्धिकरण निवारणका लागि उपर्युक्त हुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रयोग बढिरहेका जानकारहरु बताउछनछ । विश्वका धेरै देशका बैंक तथा वित्तीय संस्थाहरुले यस सफ्टवेयरको प्रयोग गरिरहेका छन् ।

वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल गोएमएमल सफ्टवेयर प्रयोग हुनु सबैका लागि राम्रै हुने बताउछन् । अहिलेको भन्दा यो सिस्टम लागू भए पछि सूचना धेरै दिनु र कागजात समेत उपलब्ध गराउनु पर्ने भएकाले केहि समय लाग्ने भए पनि सम्पत्ति शुद्धिकरण निवारणका लागि यो राम्रो हुने उनले बताए ।

गोएमएलमा जानै पर्ने बाध्यकारी व्यवस्था भए पनि सबै वाणिज्य बैंकहरुले सोमबारसम्म नै सिस्टम तयार पारेका छन् । सबै बैंकहरुले यो सफ्टेवयर कार्यान्वयनमा ल्याएपछि चेक जम्मा गर्न जानेले पनी बैंकहरुलाई सबै विवरण पेश गर्नु पर्नेहुन्छ ।

उक्त सफ्टेवयर कार्यान्वयनमा ल्याए पश्चात बैंकहरुले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यो सिस्टम लागु भए अवैध रकम कसैले जम्मा गर्न नसक्ने र गरिहाले उसलाई सम्पत्ति शुद्धिकरणले सहजै पहिचान गरी कारबाही गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...