अमेरिकाले भन्यो : मोदीको हिन्दू अतिवादले भारत संकटमा



हाम्रो इकोनोमि

 

हिन्दू साम्प्रदायिक एजेण्डा र गिर्दो अर्थव्यवस्थाका कारण भारतले सन् २०२० मा धेरै ठूला चुनौती भोग्नुपर्ने निश्कर्ष अमेरिकाले निकालेको छ । अमेरिकी एजेन्सी युरेसिया ग्रु पले जारी गरेको वार्षिक प्रतिवेदनमा विश्वमा ठूला चुनौती सामना गर्ने भूराजनीतिक जोखिममा भारत पाँचौ नम्बरमा परेको हो । धार्मिक र सामाजिक द्वन्द्वका कारण भारतको विदेश नीतिसमेत प्रभावित हुने अमेरिकी एजेन्सीको अनुमान छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा भारतमा भइरहेको हिन्दू बर्चश्वको लडाइले उसको आर्थिक अवस्था झनै ओह्रालो लागिरहेको रिपोर्टमा उल्लेख छ । जम्मु कश्मिर मुद्दा, लगातार भइरहेका विरोध प्रदर्शन र आर्थिक गिरावटले भारतको भूराजनीति चुनौतीपूर्ण रहेको रिपोर्टमा जनाइएको छ । यो वर्ष भारतमा धार्मिक द्वन्द्व अझ बढ्ने अनुमान उसले गरेको छ ।

अमेरिकी एजेन्सीले भनेको छ ‘नरेन्द्र मोदीले आफ्नो पहिलो र अहिलेसम्मको दोस्रो कार्यकालमा सामाजिक मुद्दामै ब्यतित गरेका छन् । यसबीचमा देशको आर्थिक एजेण्डा पछि परेको छ । सन् २०२० मा यसको असर देखिनेछ । विदेश नीति र अर्थनीतिमा यसले भारतलाई निकै असर पार्नेछ ।’

मोदी सरकारले जम्मु कश्मिरको विशेष राज्यको मान्यता हटाउनु, उत्तर पूर्वी भारतमा इस्लामिक घुसपैठियाका नाममा कडा नीति अख्तियार गर्नु, धर्मको आधारमा

शरणार्थीलाई नागरिकता दिनु भारतको गम्भीर भूल रहेको भन्दै अमेरिकाले यसको पछि गृहमन्त्री अमित शाहको मुख्य हात रहेको जनाएको छ ।

अमेरिकी एजेन्सीले आगामी वर्ष भारतको राजनीति धर्मका आधारमा विभाजित हुने र यो साम्प्रदायिक राजनीति निकै तलसम्म पुग्ने अनुमान लगाएको छ । उसले आरएसएस र उसको हिन्दू राष्ट्रको एजेण्डामा सत्तारुढ भारतीय जनता पार्टी नराम्ररी फसिसकेको दावी गरेको छ ।

विश्वमा हुने ठूला राजनीतिक चुनौतिमध्ये अमेरिकी एजेन्सीले पहिलो नम्बरमा भने अमेरिकामा हुने राष्ट्रपति चुनावलाई नै देखेको छ । सन् २०२० को अन्तमा हुने चुनावले विश्वको तस्वीरमा धेरै फेरबदल हुने अनुमान एजेन्सीको छ ।

विश्वका सम्भावित पाँच प्रमुख चुनौतीमध्ये दोस्रो नम्बरमा अमेरिका र चीनबीचको प्रविधिको लडाइ, तेस्रोमा अमेरिका र चीनबीचको व्यापार युद्ध र चौथो नम्बरमा जलवायु परिवर्तनको मुद्दालाई बामपन्थीले क्रान्तिको एजेण्डाका रुपमा उपयोग गर्ने सम्भावना औंल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...