३० जना नर्सको कसले बनायो यस्तो बिचल्ली



हाम्रो इकोनोमि

 

 

सिटीइभीटी सानोठिमी भक्तपुर नजिकैको कलेज चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेज खारेज भएपछि त्यहाँ अध्ययनरत ३० जना विद्यार्थीहरु बिचल्लीमा परेका छन् । उनीहरुले नर्सिङ परीक्षामा सामेल हुन पनि पाएनन् जसका कारण उनीहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।

नर्स बनेर बिरामीको सेवा गर्ने उच्च सपना बाकेर पढाईमा होमिएका उनीहरु परीक्षाबाटै बञ्चित हुनुपरेपछि आफै मनोरोगी हुने संभावना बढ्दै गएको छ । उनीहरुमा मानसिक तनाव थपिएको छ । कलेजको २०७४ सालमै मापदण्ड नपुगेको भन्दै खारेज भएपनि उनीहरुलाई कलेजले २०७५ सालमा भर्ना लिएको थियो । यसरी भर्ना लिएको कलेजको बारेमा पछि मात्र आफूहरुले थाहा पाएको पीडित विद्यार्थीहरुको भनाई छ ।

कलेजले आफूहरुलाई फँसाएको भन्दै अहिले सहयोगको लागि अपिल समेत गरेका छन् । पीडित विद्यार्थी संघर्ष समिति नै बनाएर उनीहरुले आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफ्नो उचित मागलाई सम्बोधन नगरे सिंहदरबार अगाडी नै आत्मदह गर्ने कडा चेतावनी समेत दिएका छन् ।
आफूहरुको भविष्यमाथि खेलबाड भएको पनि बताएका छन् । यसैगरी समय र पैसाको समेत बबार्दी भएको भन्दै सरोकारवालाहरुले यसलाई गंभीर बन्न समेत आग्रह गरिएको छ ।

अनुष्का चौलागाईंको संयोजकत्वमा बनेको संघर्ष समितिले गत २२ गते एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफूहरुलाई अन्याय भएकोले यसबारे सरोकारवालाहरुले आफुहरुको उचित मागको सुनुवाई गर्नुपर्ने बताएका छन् । उनीहरुले पहिलो वर्षको परीक्षामा सामेल हुन नपाएको र दोस्रो वर्ष आउन लागेको परीक्षामा समेत सामेल हुन नपाउने संभावना रहेकोले बेलैमा ध्यान पुर्याईदिन आग्रह समेत गरेका छन् ।

त्यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले कलेजको सम्बन्धन खारेजीको सूचना नपाएको बताईरहँदा सीटीइभीटीले भने त्यसबारे बेलैमा विद्यार्थीहरूलाई सूचित गरेको जनाएको छ । यस विषयमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले ३० जना विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएका कारण यसलाई गंभीर रुपमा लिने बताएका छन् । मन्त्री पोखरेलले भने, “३० जना विद्यार्थीको कुरा छ । प्राविधिक विषयमा सीट सङ्ख्याको कुरा पनि हुन्छ। तर अब उहाँहरूको केही समयको पढाइ त छुटिसक्यो। विद्यार्थीको कोणबाट के गर्न सकिन्छ भन्नेबारेमा हामी छलफल गर्ने क्रममा छौं।’ यस्तै उनले यो विषयमा परिषद्मा छलफल गरेर आवश्यक परे मन्त्रिपरिषद्मा लैजाने बताएका छन् ।

उता सीटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले विद्यार्थीलाई कलेजको सम्बन्धन रद्द गरिएको भन्दै अध्ययन नगर्नुस् भनेर पटकपटक जानकारी गराएपनि विद्यार्थीहरु गएको बताएका छन् । अदालतले पनि खारेज गर्ने विषय सदर गरिसकेको अवस्थामा विद्यार्थीको माग पूरा गर्ने कानूनी आधार आफूहरुसँग नरहेको वाग्लेको भनाई छ । वाग्लेका अनुसार मन्त्रिपरिषद्ले नै कुनै विशेष व्यवस्था गरेर केही निर्देशन दिए मात्रै विद्यार्थीहरुलाई व्यवस्थापन गर्ने ठाउँ रहने, नत्र अरू आधार केही पनि नरहेको बताएका छन् ।

उता २०७५ सालको साउन महिनामा कलेजमा डिप्लोमा तहमा भर्ना भएका विद्यार्थीहरूले कलेज खारेजीको विषय जानकारी नभएको बताएका छन् । साउन महिनायता उनीहरुले आन्दोलन गर्दै आएका छन् । बीएससी नर्सिङसहित अध्ययन भइरहेको कलेजले मापदण्ड र्पुयाए नर्पुयाएको विषयमा आफूलाई जानकारी नभएको र पछि अदालतको आदेशबाट मात्रै थाहा भएको पीडित विद्यार्थी सङ्घर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाहीले बताएकी छन् ।

उक्त खारेजीको निर्णयविरुद्ध चक्रवर्ती नर्सिङ कलेजले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो। त्यसमा पाएको अन्तरिम आदेशकै आधारमा कलेज सञ्चालन भइरहेकोले आफूहरूलाई त्यस्तो कानूनी पाटोबारे थाहा नभएको विद्यार्थीहरूले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...