विद्यालयलाई पैसा कमाउने भाँडो नबनाउ : प्रभु साह



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले विद्यालयलाई पैसा कमाउने तथा राज्य कोषको दोहन गर्ने भाँडो बनाएका शिक्षक नहटदासम्म गुणस्तरीय शिक्षा सम्भव नभएको बताएका छन् ।

बिहिवार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साहले राज्यले जनतालाई शिक्षित बनाउन संचालन गरेका विद्यालयबाट पढाउनको सट्टा शिक्षकले पैसा कमाउनमा ध्यान केन्द्रित गर्दा शिक्षा क्षेत्रमा बेथिति सृजना भएको आरोप लगाए ।

विद्यालय व्यवस्थापन, संरचना निर्माण, विद्यार्थीलाई सहुलियतजस्ता विभिन्न शिर्षकमा राज्यले पठाउने बजेट हिनामिनामा मात्र शिक्षकको ध्यान भएकाले त्यस्ता शिक्षकलाई बर्खास्त गर्नुको विकल्प नभएको उनको जीकिर छ ।

‘विगत लामो समय देखि शिक्षा क्षेत्रमा ठुलो बेथिति जरा गाडेर बसेको छ । त्यो के हो भने एकातिर विद्यालयमा गाउँका मुखिया महाजनले आफ्ना छोराछोरी शिक्षक भर्ती गरेर राख्नु र अर्कोतिर विद्यालयलाई पैसा कमाउने भाँडो बनाएर शिक्षक बन्नु । र यहि कारणले आजसम्म शैक्षिक क्षेत्रमा सुधार हुन सकेको छैन’ अध्यक्ष साहले भने ।

उनले थपे, ‘ती मुखिया महाजनका छोराछोरी भलै पढाउन नजानुन तर तिनीहरु आफुलाई शिक्षा क्षेत्रको ठेक्केदारको रुपमा उभ्याएर बेथिति सृजना गरेका छन् । राज्यको तलब खाने तर शिक्षामा गुणस्तर कायम गर्न नसक्ने त्यस्ता शिक्षक समाजका सत्रु हुन् । पैसा कमाउन र राज्यकोषको सम्पत्ति दोहन गर्नका लागि शिक्षक बनेकाहरुलाई बर्खास्त नगरेसम्म गुणस्तरीय शिक्षा असम्भव छ । त्यसैले राज्य एवम समाज यस प्रति गम्भीर हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...