विद्यालयलाई पैसा कमाउने भाँडो नबनाउ : प्रभु साह



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले विद्यालयलाई पैसा कमाउने तथा राज्य कोषको दोहन गर्ने भाँडो बनाएका शिक्षक नहटदासम्म गुणस्तरीय शिक्षा सम्भव नभएको बताएका छन् ।

बिहिवार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साहले राज्यले जनतालाई शिक्षित बनाउन संचालन गरेका विद्यालयबाट पढाउनको सट्टा शिक्षकले पैसा कमाउनमा ध्यान केन्द्रित गर्दा शिक्षा क्षेत्रमा बेथिति सृजना भएको आरोप लगाए ।

विद्यालय व्यवस्थापन, संरचना निर्माण, विद्यार्थीलाई सहुलियतजस्ता विभिन्न शिर्षकमा राज्यले पठाउने बजेट हिनामिनामा मात्र शिक्षकको ध्यान भएकाले त्यस्ता शिक्षकलाई बर्खास्त गर्नुको विकल्प नभएको उनको जीकिर छ ।

‘विगत लामो समय देखि शिक्षा क्षेत्रमा ठुलो बेथिति जरा गाडेर बसेको छ । त्यो के हो भने एकातिर विद्यालयमा गाउँका मुखिया महाजनले आफ्ना छोराछोरी शिक्षक भर्ती गरेर राख्नु र अर्कोतिर विद्यालयलाई पैसा कमाउने भाँडो बनाएर शिक्षक बन्नु । र यहि कारणले आजसम्म शैक्षिक क्षेत्रमा सुधार हुन सकेको छैन’ अध्यक्ष साहले भने ।

उनले थपे, ‘ती मुखिया महाजनका छोराछोरी भलै पढाउन नजानुन तर तिनीहरु आफुलाई शिक्षा क्षेत्रको ठेक्केदारको रुपमा उभ्याएर बेथिति सृजना गरेका छन् । राज्यको तलब खाने तर शिक्षामा गुणस्तर कायम गर्न नसक्ने त्यस्ता शिक्षक समाजका सत्रु हुन् । पैसा कमाउन र राज्यकोषको सम्पत्ति दोहन गर्नका लागि शिक्षक बनेकाहरुलाई बर्खास्त नगरेसम्म गुणस्तरीय शिक्षा असम्भव छ । त्यसैले राज्य एवम समाज यस प्रति गम्भीर हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...