इरानको रकेट आक्रमणबाट ८० अमेरिकी सैनिक मारिए



हाम्रो इकोनोमि

 

इरानले रकेट आक्रमणबाट ८० अमेरिकी सैनिक मारिएको दावी गरेको छ । बुधवार विहान इरानले इराकस्थित अमेरिकी सेनाको बेश क्याम्पमा आक्रमण गरेको थियो । आफ्नो मिसाइल आक्रमणमा परी ८० अमेरिकी सैनिक मृत्यु भएको इरानले आफ्नो सञ्चारमाध्यमबाट दावी गरेको छ ।

बुधवार विहान इराकमा रहेका दुई अमेरिकी सेनाको हवाई अड्डामा इरानले १३ रकेट आक्रमण गरेको थियो । अमेरिकाले आक्रमण भएको स्वीकार गरेपनि सैनिक मारिएको बिषयमा भने केही बोलेको छैन । अमेरिकी सेनाले इरानका सैन्य जनरल कासिम सुलेमानीको ड्रोन आक्रमणबाट हत्या गरेपछि त्यसको बदला लिएको बताएको छ ।

इरानले हान्यो अमेरिकी सेनाको बेस क्याम्पमा १३ रकेट

सैन्य जनरल कासिम सुलेमानीको हत्यापछि आक्रोसित बनेको इरानले अमेरिकी सेनाको बेस क्याम्पमा १३ रकेट आक्रमण गरेको छ । इराकस्थित अमेरिकी सेनाको बेस ब्याम्पमा १३ रकेट प्रहार गरिएको अल जजिराले टेलिभिजनले जनाएको छ ।

पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा रेकट प्रहार गरिएको छ । बुधबार बिहान दर्जनौ रकेट प्रहार गरिएको इराकी अधिकारीहरुले पुष्टी गरेका छन् । तर अमेरिकाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

१३ रकेट प्रहार भएपछि त्यहाँ कति क्षति भयो त्यसको विवरण भने अझै आइसकेको छैन । इरानी सरकारी टेलिभिजनले पनि रिभ्युलुसनरी गार्डले रकेट प्रहार गरेको र अमेरिकाले थप आक्रमण गरे ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।

अमेरिकी गठबन्धन सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी रकेट प्रहार भएको अमेरिकाले पुष्टि गरेको छ। अहिले क्षतिको विवरण आकलन भइरहेको र आफ्ना गठबन्धन सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...