इरानमा १८० यात्रु सवार विमान दुर्घटना, सबैको मृत्यु



हाम्रो इकोनोमि

 

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन । इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’

विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ ।

बोइङ जहाज पटक(पटक दुर्घटना हुन थालेपछि यसको साख गिरेको छ । कम्पनीको साख फर्काउने उद्देश्यले हालै बोइङका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० डेनिस मिलेनबर्गलाई बर्खास्त गरिएको थियो ।

पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथोपियामा भएका अघिल्ला दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो । अनुसन्धानको क्रममा विमानको एमसीसी भनिने स्वचालित कन्ट्रोल सिस्टमलाई दुर्घटनाको कारण मानिएको थियो । बोइङका अनुसार सफ्टवेयर सिस्टम एक सिंगल सेन्सरमा निर्भर गर्दछ । त्यसले गलत तथ्यांक देखाउँदा दुर्घटना भएको निष्कर्षसहित सो सफ्टवेयरलाई अझै परिस्कृत गर्ने काम भइरहेको बोइङका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...