भागदौड मच्चिँदा कम्तिमा ३० जनाको मृत्यु



हाम्रो इकोनोमि

 

गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार ४० भन्दा बढी घाइते भएका छन् ।

केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लेको थियो । उनी यही शहरका बासिन्दा थिए । यहीँ उनको अन्तिम संस्कार हुनेछ ।

अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो । भागदौडको घटनाबारे विस्तृत समाचार आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...