दर्ता नभए सरकारले फेसबुक बन्द गर्ने



हाम्रो इकोनोमि

 

फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता नभए अब त्यसलाई सरकारले बन्द गर्न सक्ने भएको छ । नागरिक आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउन सक्ने विज्ञहरुले बताएका छन् ।

संसदीय समितिबाट पारित भइ प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुलुकभित्र दर्ता नभए प्रतिबन्ध लगाउन सक्ने यवस्था छ ।

विधेयकको दफा ९१ मा सरकारले उपलब्ध गराएको समयसीमाभित्र सामाजिक सञ्जाल प्रदायक कम्पनीले नेपालभित्र त्यस्ता सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्था राखिएको छ । त्यही प्रावधानको उपदफा २ मा मुलुकभित्र संचालनमा रहेका कुनै पनि सामाजिक सञ्जाल यो कानुन लागू भएको समयमा सूचना तथा प्रविधि विभागमा उपलब्ध गराएको समयभित्र दर्ता भइसक्नुपर्ने उल्लेख छ ।

विधेयक सदनबाट पारित भई कार्यान्वयनमा आएपछि युवटुब, फेसबुक, टुवीटर, भाइबर, ह्वाटसएप, इन्स्टाग्राम, र टिकटक लगायतका सामाजिक सञ्जाल विभागमा दर्ता हुनुपर्नेछ । नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...