विकास खर्च गर्न नसक्नेलाई छोडिन्न : अर्थ समिति सभापति दाहाल



हाम्रो इकोनोमि

 

 

संंसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ठूला ठूला विकास निर्माणका लागि छुट्याएका बजेट खर्च हुन नसक्दा मुलुकले समस्या झेलेकोले त्यस्ता निकायलाई आफूहरुले नछोड्ने बताएका छन् । दाहालले विकास खर्च समयमै सही ढंगले खर्च गर्न अर्थ समितिबाट निर्देशन दिई अनुगमन समेत गर्ने दृढता राखे । ‘पू“जीगत खर्चको अवस्था र सुशासन’ विषयमा सञ्चार केन्द्र नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा सभापति दाहालले धेरै विकासको काम चित्तबुझ्दो नभएकोले अनुगमन निरन्तर चल्ने बताए ।

 

राष्ट्रिय योजना आयोगका सदस्य डा.केपी ओलीले राष्ट्रिय योजना आयोगले आवश्यकताका आधारमा योजना बन्नु पर्ने आजको माग अनुसारै योजनाहरु बनाएको जानकारी दिए । ओलीले त्यसै अनुसार काम भए, नभएको निगरानी समेत आयोगले गरेको बताए । ‘योजना बन्ने तर त्यसको कार्यान्वयन त्यस अनुसार भएको पाइदैन । हामीले त्यसलाई निगरानीमा राखेको छौं ।

 

सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्छ’, ओलीले भने । राष्ट्रिय सतर्कता केन्द्रका सचिव डा.ॠषिराम शर्माले सरकारी निकायले नै ठेक्का सम्झौता ढिला गर्ने गरेको, विभिन्न निकायबीच असमझदारी र बाह्य प्रभावले काममा ढिलाई भएको, कागजात पर्याप्त नभएको र अनुगमन समेत फितलो हुने गरेकोमा असन्तुष्टी राखे । ‘निर्माण व्यवसायीले कागजातमा भएका अस्पष्टता र अन्योलतालाई टेकेर लाभ लिइरहेको तर देश घाटा तर्फ गइरहेको छ’, सचिव शर्माले भने–‘मितव्ययीता सचिव सहसचिवबाटै सुरु हुनुपर्छ । यातायातको विशेष नीति बनाएर खर्च कटौती गर्न सकिन्छ ।

 

तर यसतर्फ संसदीय समितिहरु र सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।’ सडक विभागका महानिर्देशक केशव कुमार शर्माले पूंजीगत खर्च सोचे अनुसार नभएको स्वीकार्दै अब सबै पक्ष्ँको सहयोगमा विकास खर्च गरी समृद्धिको सपना पूरा गराउन लाग्नुपर्ने धारणा राखे । उनले सडक विभाग मातहत भएका सम्पूर्ण योजनाहरु समयमै सम्पन्न गर्न र विकास खर्च बढाउन आवश्यक पहल गर्ने दृढता अर्थ समिति, योजना आयोग र सर्तकता केन्द्रका सामू राखे ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनले आफूहरुलाई उर्जा मिलेको र कार्यान्वयनमा अबका दिनमा ढिलाई नगरी लक्ष्य पूरा गर्न सडक विभाग लाग्ने प्रतिवद्धता व्यक्त गरे । ‘हामी द्रुततर र मितव्ययी ढंगले विकास निर्माण गर्दैछौं । यी काममा सम्बन्धित अरु निकायको सहयोगको अपेक्षा समेत गरेका छौं’, शर्माले भने । कार्यक्रममा सञ्चार केन्द्रका अध्यक्ष्ँ एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईले विकास खर्च कम भएका कारण जनतामा निराशा उत्पनन भएको परिस्थितिलाई सबै गम्भीर हुनुपर्ने बताए । त्यसमा झक्झकाई भावी दिनमा सबै निकायहरुले जनताको अपेक्षा अनुसार काम गर्न प्रेरित गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...