चर्चमा गोली चल्दा २ को निधन



हाम्रो इकोनोमि

 

अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ  टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत देखिएको थियो । घटनामा आक्रमणकारीको समेत मृत्यु भएको छ । सुरक्षाकर्मीको आक्रमणमा उनी मारिएका हुन् ।

ती व्यक्तिले किन आक्रमण गरे भन्ने खुलेको छैन । स्थानीय प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । मास सुटिङ पछिल्ला केही वर्षयता अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आइरहेको छ । केही महिनायता यस्ता घटना लगातार अमेरिकामा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...