चर्चमा गोली चल्दा २ को निधन



हाम्रो इकोनोमि

 

अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ  टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत देखिएको थियो । घटनामा आक्रमणकारीको समेत मृत्यु भएको छ । सुरक्षाकर्मीको आक्रमणमा उनी मारिएका हुन् ।

ती व्यक्तिले किन आक्रमण गरे भन्ने खुलेको छैन । स्थानीय प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । मास सुटिङ पछिल्ला केही वर्षयता अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आइरहेको छ । केही महिनायता यस्ता घटना लगातार अमेरिकामा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...