प्याजको मूल्य प्रतिकेजी २०० पुग्यो, सर्वसाधारणले छाडे प्याज खान



हाम्रो इकोनोमि

 

 

अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् ।

भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ ।

नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य सधैँको भन्दा बढी छ । हाल नेपालगञ्जको रानीतलाउ तरकारी बजारमा प्याजको भाउ खुद्रा प्रतिकिलो रु २०० मा कारोवार भइरहेको छ ।

तीन महिनाअघि प्रतिकिलोको रु ४० देखि रु ५० मा कारोवार भएको प्याज तीन महिनाको अवधिमा किलोमा रु १५० पुगेको छ । तरकारी बजारभन्दा बाहिरका खुद्रा पसलमा रु २५० सम्म प्रतिकिलोको कारोवार भइरहेको उपभोक्ता बताउँछन् ।

नेपालगञ्ज–१० का शुद्धप्रसाद चौधरीले प्याजको मूल्य अप्रत्यासित रुपले बढेपछि अहिले प्याज नै खान छाडेको बताए । केही दिनअघि आधा किलो प्याजको रु १७० तिरेको बताउँदै प्याजको मूल्य बढेको देखेर अचम्मित भएको चौधरीले बताए । पछिल्लो समय अरू तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन ।

तर, प्याजमा भने एक महिनाको अवधिमा प्रतिकेजी रु २०० सम्म मूल्य पुगेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको नेपालगञ्जको रानीतलाउ तरकारी बजारका व्यापारी अरिसली राईले बताए। उनले भने, “अहिले मात्रै होइन २÷३ महिनाअघिदेखि नै प्याजको मूल्य बढ्दै आएको हो ।”

प्याजको मूल्य वृद्धि भएसँगै अहिले पहिलेको तुलनामा प्याजको व्यापार घटेको व्यापारी बताउँछन् । भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भए पनि चोरी बाटो भएर प्याज भित्रने गरेको व्यापारीको भनाइ छ । मूल्य आकाशिएपछि उपभोक्ताहरुले प्याज खान छाडेसँगै तरकारीमा अत्यधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।

नेपाली बजारमा अहिलेको प्याजको मूल्य चार वर्षयताको सबैभन्दा महङ्गो मूल्य हो । नेपालगञ्ज–११ का मकसुद राई प्याजको मूल्य मासुभन्दा महङ्गो भएको बताउनुहुन्छ । “मासु प्रतिकेजी रु ८०० छ, तर प्याज एक नम्बर (पाँच किलो)को रु ९०० पुग्यो, अब त खानै छाड्नुपर्ला जस्तो छ”, उनले भने ।

एक महिनाअघि प्रति पाँच केजी रु ४५० मा खरीद गरेको बताउँदै एक महिनामा दोब्बरले वृद्धि भएको राईको भनाइ छ । नेपालगञ्ज–१० की गृहिणी सुलोचना अधिकारीले प्याजको मूल्य किलोको रु २०० पुगेको कहिल्यै थाहा नपाएको बताउँदै यसरी मूल्य बढ्नुले उपभोक्ता मारमा परेको बताए।

प्याजको मूल्यमा वृद्धिसँगै अहिले केही पसलमा प्याज नै पाउन छाडेको छ । भान्सामा दाल, तरकारी, अचार, मासलगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मूल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । यस क्षेत्रको ठूलो हिस्सा माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाइएपछि प्याजको अभाव देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...