पार्टी गर्न मिल्ने बस अब नेपालमा



हाम्रो इकोनोमि

 

 

तपाईं पार्टी गर्न कहाँ जानु हुन्छ?

क्लब, डिस्को कि बार?

सामान्यतया पार्टी गर्ने ठाउँ यिनै हुन्। अब भने पार्टी गर्नको लागि यी ठाउँ मात्रै धाउनु नपर्ने भएको छ। पार्टी बस नेपालले ठूलो ‘पार्टी बस’ सञ्चालनमा ल्याउने भएको छ।

यो बस जनावरी दोस्रो सातादेखि सञ्चालनमा ल्याइने सञ्चालक अशोक शर्माले जानकारी दिए।

पार्टी बसमा हाईफाई डिजे संगीत प्रणाली, सुविधा सम्पन्न बार, छुट्टै धुम्रपान क्याबिन, डान्स फ्लोर रहेको छ। कम्पनीले यस पार्टी बस प्रयोग गरे बापत विभिन्न शुल्क निर्धारण गरेको छ।

हप अन पार्टी राइडको प्रति व्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै, प्राइभेट पार्टीको ३ घण्टाको ३ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रत्येक घण्टा १ हजार रुपैयाँ, ६ घण्टाको प्राइभेट पार्टीको ५ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रतिघण्टा १ हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रति घण्टा १ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीको वेब साइटमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...