पढ्न उमेरले छेक्दैन ७० वर्षमा एमए पास



हाम्रो इकोनोमि

 

 

पढ्न उमेरले छेक्दैन।’

केही दिनयता सामाजिक सञ्जालमा यो क्याप्सनसहित एउटा फोटो ‘भाइरल’ छ। फोटो एक महिलाको हो। पहेँलो फुर्का झुन्डिएको कालो टोपीसँगै ती महिलाले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त पोसाक लगाएकी छन्। (आवरण तस्बिर)

गत बिहीबार दस हजारभन्दा बढी युवाको भिडमा देखिएकी उनी हुन् ७० वर्षीया नानीमैयाँ श्रेष्ठ। त्रिविको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ विद्यार्थीसँगै नानीमैयाँ पनि दीक्षित भएकी हुन्।

जीवनका सात दशक काटेकी नानीमैयाँले पाटन क्याम्पसबाट नेपाल भाषामा स्नातकोत्तर गरेकी हुन्। दीक्षान्त समारोहमा नानीमैयाँ धेरैका लागि प्रेरणा बनिन्।

हामी उनलाई भेट्न उनको घर महालक्ष्मीस्थान, ललितपुर पुग्यौं।

घर पहिल्याउन नसकेपछि उनी नातिको हात समातेर बाटोसम्म लिन आइन्। उनका श्रीमान र कान्छी छोरी पनि घरै थिए। नानीमैयाँको पढाइले ल्याएको खुसी सबैका अनुहारमा देखिन्थ्यो।

नानीमैयाँ आफ्नो जीवनको कथा सुनाउनुअघि अर्काे कोठा छिरिन्। हातमा सानो किताब लिएर आइन्। बाहिरी आवरणमा मन्दिरको चित्र भएको उक्त किताबबारे हामीले भेउ पाउन सकेनौं।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...