समातिएका चिनियाँलाई देश निकाला गरिने, लिन चार्टर्ड विमान आउँदै



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ ।

चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । उनी जनवरी महिनाभित्रै चीन जाँदैछन् ।

ती अधिकारीले भने, ‘यो दुई देशबीच भएको ठूलो सुरक्षा समन्वय हो । नेपालमा अपराध गरेर चीनमा लुक्नेलाई ल्याउन पनि यसले सहयोग गर्नेछ ।’

सोमबार चलाइएको अपरेसनमा मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठबाट १२२ जना पक्राउ परेका थिए । पक्राउ परेका चिनियाँ नागरिकले अंग्रेजी भाषा नबोलेका कारण बयान लिन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

भाषा अनुवादक बोलाएर सोधपुछ गर्ने काम भइरहेको एक अनुसन्धान अधिकृतले  बताए । उनले भने, ‘उनीहरुले नेपाललाई हानि पुर्‍याउने गरी काम गरेको देखिँदैन । तर, चीनतर्फ भने अपराध गरिरहेको देखिएको छ ।’

उनका अनुसार पर्यटकको आवरणमा नेपाल आएका चिनियाँ नागरिकले नेपालका घर भाडामा लिएर चीनमा साइबर अपराध गरिरहेको देखिएको छ । उनले थपे, ‘डेढ सय पक्राउ परे पनि अझै धेरै चिनियाँ नागरिक नेपालमा कार्यरत रहेको सूचना थियो ।’

पक्राउ परेका चिनियाँ नेपालमा भएका अपराधमा संलग्न देखिएमात्रै यहाँबाट मुद्दा चलाउने सरकारी तयारी छ । नभए अध्यागमन विभागले उनीहरुलाई निष्कासन गर्ने एक अधिकारीले बताए । नेपाल र चीनबीच सुपुर्दगी सन्धि नभएकाले निष्कासन गरेर उनीहरुलाई चीन पठाउन लागिएको हो । ‘चिनियाँ अधिकारीले विमान नै चार्टर गरेर उनीहरुलाई लाने प्रस्ताव गरेका छन्’, स्रोतले भन्यो

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...