बियरले आयु बढाउँछ, दूधले रोगी बनाउँछः अध्ययन



हाम्रो इकोनोमि

 

 

हाम्रो नेपाली समाजमा मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । तर, दुध भने जन्मेदेखि नै एक–दुई गिलास खुवाउने बानी पारिएको हुन्छ । मदिरा सेवनले विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गर्ने र मानिसको अकालमा ज्यान लिने गर्छ भन्ने गलत मान्यतामा ध्यान राख्दै आईएको छ । परिवार तथा समाजले वियर होइन दुध मत्रै पिउन पर्छ भन्ने आम मानसमा छाप राखिदिएको पाइन्छ । तर, पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल ९पेटा० ले दूध पिउनुभन्दा बियर पिउँदा फाइदा हुने बताएको छ ।

 

पेटाका अनुसार बियर पिउँदा हड्डी मात्र होइन आयु पनि बढ्छ । शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि दूध फाइदाजनक हुन्छ । त्यसैले मानिसहरु हरेक दिन दुई वा तीन गिलास दूध पिउने गर्छन् । त्यति मात्र होइन, पेटाले दूधका विभिन्न बेफाइदाका बारेमा समेत उल्लेख गर्दै मोटोपन, डायबेटिज र क्यान्सर जस्ता रोगका कारण पनि दूध नै भएको जनाएको छ । पेटाले यस्तो दाबी हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारमा गरेको हो ।

 

बियरलाई अल्कोहल बेभरेज मानिन्छ । यसमा प्रयोग हुने पोषक तत्वहरु गहुँ, मकै र धानले स्वास्थ्यलाई फाइदा पुर्याउने पेटाले उल्लेख गरेको छ । त्यसैगरी, बियरमा हुने ९० प्रतिशत पानी बाहेक फाइबर, क्याल्सियम र आइरनसमेतले शरीरलाई फाइदा पुर्याउँछ । बियरले शरीरका हड्डी बलियो बनाउँने काम गर्छ । मांसपेशी विकासको लागि पनि बियर फाइदाजनक मानिन्छ । त्यसैले, पेटाले बियर दूधभन्दा फाइदाजनक हुने बताएको छ । यद्यपि, बियरमा पनि मदिराको मात्रा हुने हुँदा धेरै सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...