प्रचण्डपत्नी सीता दाहाल रामदेव बाबाको शरणमा



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्धार लगिएको छ । बाबा रामदेबको योगपिठमा सीतालाई लिएको छोरी गंगा दाहालले बताएकी छिन् ।

लामो समयदेखि विरामी रहेकी सीतालाई धेरै ठुला अस्पतालहरुमा उपचार गराउदाँ पनि स्वास्थ्य लाभ हुन सकेको छैन । अमेरिकादेखि दुबईसम्मका अस्पतालमा सीताको उपचार गरिएको थियो । तरपनि उनको स्वास्थ्यमा सुधार आउन नसकेपछि परिवारले हरिद्धार पुरयाएका छन् ।

अन्य अस्पतालमा प्रचण्ड आफै पुगेपनि पार्टी बैठक र कार्यकारी अध्यक्षको जिम्मेवारीका कारण उनी हरिद्धार पुगेका छैनन् । सीतासँगै छोरी गंगा, पूर्वमन्त्री एवं नेकपा नेता मात्रिका यादव हरिद्धार पुगेका छन् । हरिद्धारमा बाबा रामदेव र बालकृष्णले उनको उपचार गरिरहेका छन् । बाबा रामदेव र बालकृष्णसँगैका तस्विरहरु गंगाले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...