खाली पेटमा ४ दिनसम्म किसमिसको झोल पिउनुस्, यस्ता छन् आश्चर्यलाग्दा फाइदाहरु



हाम्रो इकोनोमि

 

 

सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टीअक्सीडेन्टको मात्रा बढ्न जान्छ । जसले विरामी हुनबाट बचाउँछ। किसकिस र त्यसको पानीलाई कलेजो र किड्नीको बिरामीलाई निको पार्न प्रयोगमा आइरहेको छ।

किसमिसिको पानी लागातार ४ दिनसम्म पिउनाले कलेजो र किड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हानिकारक पदार्थ सबै बाहिर निस्कन्छन् । किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दुरुस्त हुन्छ । रगत सफा हुन्छ । एसिडीटी कम हुन्छ । हृदय बलियो हुन्छ र खराब कोलेस्ट्रल टाढा हुन्छ । यो सबै फाइदा किसमिसको पानी पिउन थालेको दुई दिनमा नै देखा पर्नेछ । किसमिसको पानी २ कप पानीमा १५० ग्राम किसमिस राखेर बनाउन बनाउन सकिन्छ ।

किसमिसको पानी बनाउने विधि
प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् । दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर गरेर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता गर्नुहोस् । यस्तो धेरैदिन सम्म गरेर लाभ उठाउनुहोस् ।

यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ । सफा र चम्किलो किसमिसमा प्रायः रसायन मिलेको हुन्छ । जुन स्वास्थको लागि हानिकारक हुन्छ । यो प्रक्रियालाई एक महिनामा लागतार चार दिन सम्म गर्नुहोस् यसको कुनै साइड इफेक्ट हुँदेन। यस्तोमा यदि चिनी अलि कम खानुपर्छ । किनभने किसमिसमा पहिलेदेखि नै मिठोपना हुन्छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...