चैत ६ देखि एसइई परीक्षा (तालिकासहित)



हाम्रो इकोनोमि

 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा आगामी चैत पहिलो साताबाट शुरु हुने भएको छ । हिजो (सोमबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइईको परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको एसइईमा नियमिततर्फ करिव चार लाख हुने बताएका छन् ।

परीक्षा फारम भर्ने समय यही पुस ९ गतेसम्म रहेकाले एक्जाम्टेडतर्फका विद्यार्थीसहित करिव पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान रहेको उनले जानकारी दिए ।

एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले शुरुको दिन अनिवार्य अंग्रेजी विषय रहेको र प्राविधिकसहित १७ चैतमा सबै विषयको परीक्षा सकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...