हुन्डीदेखि सुन तस्करसँग यति एयरका सोनामको कनेक्सन



हाम्रो इकोनोमि

 

 

हुन्डीबाट अरबौंको कारोबार भइरहेको भए पनि प्रहरीले आँखा चिम्लने गरेको छ । काठमाडौंको न्यूरोडमा जयरत्न बचत तथा ऋण सहकारी संस्थामार्फत् बच्चु पौडेलले हुन्डीको कारोबार गर्दैआएका छन् । र, त्यसमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले पनि संरक्षण गर्दैआएको आरोप छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तथा हाल नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कमल श्रेष्ठले नै बच्चु पौडेललाई एसएसपी थापासँग समन्वय गराउने काम गरेका थिए ।

 

अरबौंको हुन्डी कारोबार गरी राष्ट्रको अर्थतन्त्र खोक्रो पार्ने पौडेलहरुको बारेमा आइजीपी सर्वेन्द्र खनाललाई पनि एसएसपी थापाले झुटो रिपोर्ट बुझाउँदै बेबकुफ बनाउँदै आएको स्रोत बताउँछ । उनीहरुको हुन्डी कारोबारमा संलग्लनता नभएको झुटो रिपोर्ट थापाले आइजीपीलाई दिंदैआएका छन् ।

बच्चु पौडेलका दाजुभाइ नै हुन्डी कारोबारमा संलग्न रहेका छन् । सिन्धुपाल्चोकका बच्चु पौडेल, धु्रव पौडेल र नारायण पौडेल दाजुभाइ हुन् । यी पौडेल दाजुभाइको पहिचान भनेको सुन, डलर र हुन्डीको अवैध कारोबारीका रुपमा हुँदैआएको छ । उनीहरु हुन्डी, सुन र डलरको कारोबारबाट रातारात अरबपति भएका भनेर सिन्धुपाल्चोकमा चिनिन्छन् । नारायण पौडेल केही बर्षअघि हङकङबाट ऊन आयात गर्ने भनेर एलसी खोल्ने गर्थे । डलर हङकङ पठाउने र उताबाट ऊन ल्याउँदैनथे । तर भन्सारबाट ऊन आयात भएको देखाउँथे ।

 

ऊन ल्याएको कीर्ते कागज र नक्कली सरकारी छाप सहितको कागजात अपडेट गर्ने माष्टरमाइन्डको धु्रव पौडेलका छोरा सुमन पौडेलले गर्ने गरेका थिए । यसरी करोडौं डलर एलसी खोली हङकङ पठाइसकेका नारायण पौडेलहरुका कारण विदेशी मुद्रा संचितिमै असर परेपछि प्रहरीले अनुसन्धान सुरु ग¥यो । र, नारायण बैंक हाताबाटै एलसी खोल्दाखोल्दै पक्राउ परेका थिए । अर्कैको नाममा ब्यापारीक फर्म खोली अबैध डलरको कारोबार गरेका पौडेल १५ महिनापछि जेलमुक्त भएका थिए । त्यसपछि पौडेल दाजुभाइ भूटानमा बसी सुनको अबैध कारोबारमा लागे । एकपटक उनीहरुको १८ किलो सुन लुटियो । तर प्रहरी लगाएर १० किलो लुटिएको सुन फेलापारेका थिए ।

 

प्रहरीलाई कुस्त घुस दिएर उनीहरुले १० किलो लुटिएको सुन लिन सफल भएको चर्चा हुने गरेको छ । हुन्डी, सुन र डलरको कारोबारी पौडेल दाजुभाइ पछिल्लो समयमा हाइड्रोपावरमा लगानी गरेका छन् । उनीहरुले हाइड्रोपावरमा कुन स्रोतबाट आर्जित रकम लगानी गरेका छन्, त्यसको खोजी राज्यले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमार्फत् प्रभावकारी रुपमा हुने हो भने पुष्टी गर्न उनीहरुले नसक्ने सिन्धुपाल्चोकका एक ब्यापारी नै बताउँछन् । हाइड्रोपावरको उत्पादन क्षमता भन्दा पनि बढी बैंकका सीईओहरुसँग मिलेर ऋण समेत लिने गरेका छन् । सीईओहरुलाई पौडेलहरुले प्रभावमा पारी ऋण लिएकाले बैंक डुब्ने जोखिम पनि उत्तिकै छ ।

डलर, सुन र हुन्डीको कारोबारमा रहेका बदनाम पौडेल दाजुभाइ छानबिनबाट बच्नका लागि जुन पार्टी सत्तामा आयो, त्यही पार्टीको निकट हुने गरेका छन् । विगतमा बिष्णु खत्रीसँगै कांग्रेसमा रहेर २०७० को चुनावमा पनि तत्कालीन एमाले र माओवादी हराउन सबै खाले सहयोग गरेका उनीहरु अहिले नेकपाको निकट हुन पुगेका छन् ।

 

यस्ता बदनाम पौडेल दाजुभाइसँग नेपालको चर्चित ब्यापारीक समूह यति ग्रुप र थामसेर्कु टे«किङका लाक्पासोनाम शेर्पा जोडिन पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अति निकट रहेका यति एयरका शेर्पाले नारायणहिटी संग्रहालय अगाडिको नेपाल ट्रष्टसँग लिजमा लिएको जग्गा यिनै हुन्डीका कारोबारी बच्चु पौडेललाई सबलिजमा ब्यापारीक कम्लेक्स निर्माणका लागि दिएका छन् ।

 

लिजमा लिनेले नै जग्गा उपयोग गर्नुपर्ने हुन्छ । तर कानुनको उल्लंघन गर्दै सोनामले बच्चु पौडेलका दाजुभाइ र अर्का हुन्डी तस्कर गोविन्द सरियालाई सब लिजमा ब्यापारिक कम्लेक्स बनाउन दिएका छन् । जुन कम्प्लेक्स तयार भइसकेको छ । उक्त कम्प्लेक्समा पनि हुन्डी, डलर र सुन तस्करीबाट आर्जित कालोधन लगानी भएकाले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गर्नुपर्ने माग हुन थालेको छ ।

 

त्यसो सिन्धुपाल्चोकको तातोपानी नाकामा ब्यापार गर्ने पौडेलहरुको मात्र होइन, अधिकांश ब्यापारीको छवि राम्रो छैन । सिन्धुपाल्चोक उद्योग बाणिज्य महासंघको नेतृत्वमा रहेका तथा सिन्धु विकास बैंकका अध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठका भाइ लागूऔषध कारोबार गर्दागर्दै तिब्बतमा पक्राउ परेपछि अहिलेसम्म चीनकै जेलमा संजाय भोगिरहेका छन् । उनी जेलमुक्त भएर नेपाल आएपछि राजेन्द्र श्रेष्ठदेखि बच्चु पौडेलका दाजुभाइसँग आक्रोसित छन् । उनीहरुले गर्दा नै आफू पक्राउ परेको तर आफू जेल परेपछि आफ्नो परिवारलाई कसैले पनि नहरेकोमा उनी आक्रोसित भएका छन् ।

 

राजेन्द्र श्रेष्ठले सिन्धु विकास बैंकको जग्गा खरिददेखि कर्जा लगानीमा कमिसन खाएको भनेर संचालक समितिमै तीव्र विवाद भएर केहीले राजीनामा समेत दिइसकेका छन् । आजको साँघु साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...