नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न



 

कागेश्वोरी मनोहरा नगरपालिका ,काडाघारी स्थित प्रेमनगर महिला सहयोगी संस्थाको आयोजना र धापाखेल स्थित सुमेरु अस्पतालको प्राबिधिक सहयोगमा हिजो सनिवार बिरेन्द्रचोकको प्राङ्गणमा बृहत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। प्रेमनगर महिला सहयोगी संस्थाकि अध्यक्ष उमा भट्टराईले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल सरकारका नवनियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङ हुनुहुन्थ्यो भने बिशिस्ठ अतिथी कागेश्वोरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र अतिथिहरुमा अर्थ मन्त्रालयका उपसचिव तुलसी प्रसाद चौलागाईं ,कागेश्वोरी मनोहरा वडानम्बर ७ र ९ का वडाअध्यक्ष जिवन थापा र कुन्दन खड्का समाजसेवी कृष्ण प्रसाद भण्डारी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथी गुरुङले समाजमा गरिने यस्ता सामाजिक कार्यबाट सबै तह तप्काका बर्गले फाइदा लिन सक्ने र समग्रमा समाजकै दिगो बिकास हुने बताउदै संस्थाले गरेको पुन्य कामप्रती खुलेर प्रसंशा गर्नुभयो ।

 

यसैगरी मन्त्री गुरुङले काडाघारीबाट सुमेरु अस्पताल अलिक अपाएक ठाँउमा रहेपनी यहाँसम्म आयर गरेको प्राबिधिक सहयोगकोलागि धन्यवाद प्रकट गर्नुभयो। यस्तै आफू भर्खरै मन्त्री भएकोले देश बिकासकोलागी आफ्नो मन्त्रालयले विभिन्न योजनाहरु बनाउदै अघि बढने पनि बताउनुभयो। यसैगरी काडाघारीमा रहेका यस्ता कार्य गर्ने संस्थाहरुको पनि आफुले उच्च मुल्यांकन गर्ने र सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने पनि बताउनुभयो। यस्तै कार्यक्रमका विशिष्ठ अतिथी रहेका कागेश्वोरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले काडाघारीमा रहेर यस् प्रेमनगर महिला सहयोगी संस्थाले बिगतदेखीनै रचनात्मक कार्य गर्दै आएको र आफू त्यस्को साची रहेको बताउदै संस्थाले गर्ने यस्ता सामाजिक कार्यको लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

 

कार्यक्रममा प्रेमनगर महिला सहयोगी संस्थाकि सचिब बाबा बस्नेतले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो। यसैगरी कार्यक्रममा नवनियुक्त मन्त्रीलाई संस्थाको तर्फबाट उहाँको कार्यकाल सफल रहोस् भन्दै सम्मान -पत्र पनि प्रदान गरिएको थियो । संस्थाले सम्पन्न गरेको रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा 400 जना भन्दा बढीले आफ्नो स्वास्थ्य चेकअप गराउनुभएको थियो।

स्वास्थ्य शिबिर अन्तर्गत सुमेरु अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ ,जेनरल फिजिसियन र स्त्री रोग विशेषका बिशिस्ठ डाक्टरहरु उपलब्ध गराएको थियो। यसैगरी ४२ जना माहानुभाबहरुले रक्तदान गरि कार्यक्रम सफल पार्न सहयोग गर्नु भएको थियो। यस्तै कार्यक्रम संचालन अशोक दाहालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्