डिस्चार्ज गर्न नसक्दा सुत्केरी श्रीमति बन्धक भएपछि रकम जोहो गर्न भीख माग्दै श्रीमान



हाम्रो इकोनोमि

 

सुत्केरी श्रीमतिको उपचार खर्च तिर्न नसकेर एक व्यक्ति भौतारिरहेका छन् । उनी आफ्नो श्रीमतिको उपचार खर्च तिर्न नसकेर श्रीमतिलाई नै अस्पतालले बन्धक बनाएपछि भिख माग्दै भौतारिएका हुन ।

अस्पतालको पैसा तिर्न नसकेपछि बन्धक बनाएका व्यक्ति हुन् सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपाकी ललितादेवी मण्डल । उनलाई उपचार रकम तिर्न नसक्दा विराटनगरस्थित विराटनगर अस्पतालले बन्धक बनाएको हो ।

उनका श्रीमान गोपी मण्डल अहिले आफ्नो श्रीमतिलाई अस्पतालबाट छुटाउनको लागि भिख माग्दै हिडिरेहेका छन् । एक महिना अघि श्रीमतिलाई सुत्केरी व्यथाले च्यापेपछि ललितालाई विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टर पुर्याएको थियो । ललिताले त्यहाँ जुम्ल्याहा छोरी जन्माएकी थिईन ।

त्यहाँ उनको उपचार हुन नसकेपछि विराटनगर अस्पताल पु–याइएको थियो । अस्पताल लगेपछि उपचारमा गरिएको र उपचार खर्च तिर्न नसकेपछि उनलाई बन्धक बनाईएको उनका श्रीमान गोपीको कथन छ ।

गोपीले ट्रमा सेन्टरमा सुत्केरी गराउनेदेखि छोरीको उपचार खर्चसमेत गरेर १ लाख ७४ हजार रुपैयाँ बुझाएपनि अस्पतालले अझै ३ लाख ५० हजार रुपैयाँ बाँकी रकम तिरेपछि मात्रै डिस्चार्ज गरिदिने भनेपछि गोपी अहिले माग्न हिडेका छन् । गोपीको घरको आर्थिक अवस्था निकै कमजोर रहेकोले यस्तो समस्या आएको हो ।

यस अघि दुई लाख भन्दा बढी ऋण खोजेर अस्पतालमा बुझाएपनि बाँकी रकम जोहो गर्न नसकेका कारण आफू माग्न हिडेको गोपी बताउछन् । उता अस्पतालले भने ५ हजार धरौती मात्र बुझाएको बताएको छ । अस्पतालका अनुसार अहिले अस्पतालले उपचार बाहेक पनि केही सहयोग गर्नसक्ने तर, उपचार खर्च पूरै मिनाहा गर्न नसकिने बताएको छ ।

अस्पतालले जटिल अवस्थामा आएका बिरामीलाई सामान्य अवस्थासम्म ल्याइपुर्याउँदा पैसाको कारण उपचार नरोकेको तर, खर्च नतिरी डिस्चार्ज गर्न नमिल्ने बताएको छ । यसरी पैसाकै कारण आफ्नो श्रीमतिलाई अस्पतालले बन्धक बनाएपछि गोपी अहिले सडकमा माग्दै हिडेको दृश्य देखिन्छ । जुन निकै कारुणिक लाग्छ ।

उनी आफ्नो श्रीमतिलाई अस्पतालबाट छुटाएर घर लैजान चाहन्छन् तर पैसा नतिरी लान पाउदैनौ भनेपछि यतिखेर गोपी तनावमा रहेका छन् । तर उनले हरेस नखाई आफ्नो श्रीमतिलाई जसरी पनि अस्पतालबाट डिस्चार्ज गरिछाड्ने प्रण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...

काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...