१७ वटा बैंकको १४ करोड लुटने गिरोह पक्राउ



हाम्रो इकोनोमि

 

विभिन्न प्रलोभनमा पारेर ठगी गर्नुका साथै नेपाली बैंक तथा वित्तीय संस्थाहरु समेत ह्याक गरेर रकम चोर्ने कार्यमा संलग्न गिरोहका तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् । उनीहरुलाई राजधानीबाहिरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाका अनुसार नाइजेरियन तथा भारतीय नागरिक पीटर हर्मन असेन्जा र स्मिथ मोरिसले नयाँ दिल्ली, मुम्बई पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई  एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएका थिए ।

सो समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेको र त्यसरी ह्याक गरेको तथा ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए ।

ह्याक र ठगी गरेको रकम नेपालका एजेण्डलाई १५ देखि २० प्रतिशत दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको देखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाले जानकारी दियो ।

४० नेपाली एजेण्टहरुले सो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोजेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सोही समूहमा रहेका ३४ नेपाली अनलाइन फर्डमा पनि संलग्न भएको पाइनुका साथै १५ जना पीडितहरु पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

एजेन्टहरुले ठगी गरेको रकम कारोबार गर्न प्रयोग भएका बैंकहरु समेत ह्याक भएको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको महाशाखाका सूचना अधिकारी सुशील सिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार यो ठगी र ह्याकका नाइके पीटर हर्मन असेन्जा र स्मिथ मोरिससहित अरु १० जना भारतीय पनि रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
३३ अंक घट्यो सेयर बजार

    अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...