घरबेटीले बिजुलीको पैसामा ठगिरहेको छ ? अब कुलमानलाई फोन गर्नुहोस (टेलिफोन नम्बर र तिर्नुपर्ने दररेटसहित)



हाम्रो इकोनोमि

 

के घरबेटीले डेरावालसँग बिजुलीको मिटर बिगार्ने र उठेको बिलभन्दा बढी रकम असुलिरहेका छन् ?यदी तपाईंलाई घरबेटीले बिजुलीको पैसा बढी असुलिरहेका छन् भने अब विद्युत प्राधिकरणमा फोन गर्नुस, त्यस्ता फटाहा द्रब्यपिशाच घरबेटीमाथि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कारबाही गर्दैछन् ।

यो नम्बरमा गर्नुहोस प्राधिकरणलाई फोन : 977-1-4153051 जेनतेन काम गर्ने र डेरामा बसेर जीविकोपार्जन गर्ने डेरावालहरुलाई घरबेटीहरुले जतिसक्दो चुस्न खोज्छन् । घरबेटीले अत्याचार गर्दा पनि न त राज्यमा गुनासो गर्ने ठाउँ हुन्छ, न त भन्नासाथ कोठा छाडेर जाने स्थिति बन्छ ।तर अब बदमास घरबेटीहरुको लुट्ने दिन सकिँदैछ । डेरावालको कोठामा राखेको मिटर बिगारेर, प्रतियुनिट २० रुपैयाँसम्म असुल्ने यस्ता डाँका घरबेटीहरु अब प्राधिकरणको फन्दामा पर्दैछन् ।

कुलमान घिसिङले डेरामा बस्ने परिवारसँग उठेभन्दा बढी बिजुलीको रकम असुल्ने घरबेटीहरुलाई यसो नगर्न चेतावनी दिएका छन् । मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न र गरेको पाइएमा कारबाही गर्ने बताएका छन् । उसो भए प्रतियुनिट बिजुली खपत गर्दा डेरावालले घरबेटीलाई कति रुपैयाँ तिर्ने त ? तपाइँ डेरामा बस्नुभएको छ भने तपाइँको घरमा जति युनिट बिजुली उठेपनि बढीमा १३ रुपैयाँभन्दा बढी रकम तिर्नुपर्दैन ।

तपाइँ बस्ने घरमा प्रतिमहिना ४०० युनिटभन्दा बढी बिजुली उठ्छ भने मात्रै तपाइँले १३ रुपैयाँ तिर्ने हो । नत्र घरभरि २० युनिटसम्म उठ्दा ३ रुपैयाँ, २१ देखि ३० युनिटसम्म उठ्दा ७ रुपैयाँ, ३१ देखि ५० युनिटसम्म उठ्दा ८ रुपैयाँ ५० पैसा, ५१ देखि १५० युनिटसम्म उठ्दा १० रुपैयाँ, १५१ देखि २५० युनिटसम्म उठ्दा ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म उठ्दा १२ रुपैयाँ र त्यसभन्दा माथि उठे प्रतियुनिट १३ रुपैयाँसम्म मात्र तिर्नुपर्छ । विद्युत प्राधिकरणको वेभसाइटमै यसबारे पर्याप्त जानकारी दिईएको छ

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...