व्यापारको क्रममा हुने सम्पर्कलाई अदालतले दियो कानुनी मान्यता



 

 

व्यापारको शिलशिलामा काममा जाँदा हुने विभिन्न बिजनेस ट्रिपमध्ये पछिल्लो समय यौन सम्बन्ध’समेत एक महत्वपूर्ण ट्रिप बन्दै आइरहेको एक अध्यइनले देखाएको छ । यसलाई कामकै क्रममा जोडिएर आउने एक हिस्सा नै मानने गरिएको पाइन्छ ।

नेपालमा पनि विभिन्न समयमा यस्ताखाले घटना सार्वजनिक हुँदै आइरहेका छन् । नेपालमा यस्ता घटनालाई केही अस्वभाविक मानिएपनि संसारका विभिन्न मुलुकमा यस्ता घटनालाई निकै सामान्य र व्यापारिक क्षेत्रमा बहुउपयोगी मनिने गरिएको छ ।

फ्रान्सको एउटा अदालतले पनि बिजनेस ट्रिपका क्रममा कामदारहरु ‘यौन सम्बन्ध’मा रमाउने घटनालाई कामकै एउटा हिस्साका रुपमा व्याख्या गरेको छ । तर अदालतको यस्तो व्याख्याले त्यहाँका ठूला कम्पनी आत्तिएका छन् ।

अदालतले यस्तो व्याख्या किन गर्यो त ?
२०१३ को घटना हो । फ्रान्सको रेल इन्जिनियरिङ कम्पनीमा कार्यरत जेबियर नामका कर्मचारी बिजनेस ट्रिपमा गए । ट्रिपमा रहँदा उनको मृत्यु भयो । मृत्युको कारणलाई लिएर कम्पनी र मृतकका परिवारबीच निकै विवाद आयो ।

जेबियर बिजनेस ट्रिपमा रहँदा एकदिन एक महिलासँग यौन सम्बन्धमा सामेल भए । सेक्समा सामेल हुँदै गर्दा जेबियरको अचानक हर्डअट्याक भएर मृत्यु भयो । मृत्युको कारण थाहा पाएपछि कम्पनीले क्षतिपूर्ति दिन इन्कार गर्यो । तर परिवारजन र इन्स्योरेन्स कम्पनीले यसलाई मान्न तयार भएनन्, उनीहरुले क्षतिपूर्ति पाउनुपर्ने अडान लिए ।

यो विवाद अदालतमा पुग्यो । एक वकिलले यो मामिलालाई बाहिर ल्याए । जेबियर बिजनेस ट्रिपमा हुँदा कम्पनीले तोकेको होटलमा नबसी ती महिलासँगै अन्य ठाउँमा रमाउँदा मृत्यु भएकोले कम्पनीको जिम्मेवारी नहुने बतायो । तर केही समय अघिमात्रै अदालतले ट्रिपमा रहँदा कामदारको सबै जिम्मेवारी कम्पनीकै हुने फैसला सुनाइदियो ।

अदालतले बिजनेस ट्रिपमा गएका कामदारको कुनै सीमा नहुने भएकोले उनले त्यस अवधिमा कुनै महिलासँग राखेको यौन सम्बन्धलाई पनि कामसरहकै मान्यता दिने फैसला सुनायो । अदालतले यसरी बिजनेस ट्रिपमा रहेका कामदारको कुनै पनि बेला कुनै भवितव्य भएमा सबै जिम्मेवारी कम्पनीले लिनुपर्ने ठहर गर्दै उचित क्षतिपूर्तिका लागि आदेश समेत दियो।

आदेश पछि त्यो कम्पनीले बिजनेस ट्रिपमा गएर अर्की महिलासँग सेक्ससम्बन्ध गाँस्ने जेबियरकी पत्नीलाई मासिक ४० प्रतिशत पेन्सन दिने भएको छ

कामना न्यूजबाट

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग