फागुन २० गते देखि अर्थमन्त्री खतिवडाको जागिर चट्



 

राष्ट्रिय सभाका सदस्य रहेका अर्थमन्त्री युवराज खतिवडासहित १८ जनाको समयावधि फागुन २० गतेदेखि सकिन लागेको छ । उनको पदावधि सकिदै गर्दा अब अर्थमन्त्री को हुनेछ भन्नेबारे नेकपाभित्र र बाहिर पनि छलफल हुन थालेको छ ।

अर्थमन्त्री तथा राष्ट्रियसभा सदस्य खतिवडाको स्थान अरुभन्दा केही फरक प्रकृतिको रहेको छ । खतिवडा राष्ट्रपतिबाट मनोनितमध्येका भएकाले अब रिक्त हुने पदमा पनि राष्ट्रपतिबाट मनोनित नै  हुने छन् । खतिवडा यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।

ओली र प्रचण्ड दुबै अध्यक्ष अर्थमन्त्री युवराज खतिवडाको कामबाट सन्तुष्टि नभएपछि नयाँ अर्थमन्त्रीको खोजी भएको बिषेश स्रोतको दाबी छ । अध्यक्ष प्रचण्ड  सुरेन्द्र पाण्डेलाई नै अर्थमन्त्री बनाउने मुडमा रहेको बिषेश स्रोतको दाबी छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेलगत्तै निर्वाचन आयोग खाली हुनजाने राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटिसकेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको बताइएको छ । ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ ।

रिक्त सदस्यको पदपूर्तिका लागि आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने छ । निर्वाचन नियमावलीअनुसार पदवधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

फागुन २० गते राष्ट्रिय सभासदस्यमा पदावधि समाप्त हुने सभासदहरुमा सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली रहेका छन् ।

राष्ट्रिय सभासदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, नगरपालिकाका प्रमुख÷उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्ने व्यवस्था रहेको छ । आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुने छन् ।

फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

भुटानी राजपरिवारको सदस्यहरु काठमाडौंमा

    भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ

    नक्कली डाक्टर बनेर घरभित्र घुुसेका व्यक्तिले ३ लाख नगद र सुन–चाँदीका