को होला त टुरिजम बोर्ड चलाउने नया सीईओ



हाम्रो इकोनोमि

 

 

नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन गरेको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको अवधि आगमी पुस ७ गते सकिने हुनाले बोर्डले सीईओका लागि आवेदन खुलाएको हो ।
जोशी वि.सं. २०७२ पुस २ गते सीईओमा नियुक्त भएका थिए । जोशीको उनको कार्यकाल सकिनुभन्दा २० दिनअघि विज्ञापन खोल्दै बोर्डले प्रमुख कार्यकारी अधिकृत हुनका लागि नेपाली नागरिक हुनुपर्ने, स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने, कम्तीमा १० वर्षको अनुभव, ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको, फौजदारी अभियोग नलागेका तथा विदेशमा पीआर नभएको हुनुपर्ने उल्लेख गरेको छ ।

इच्छुक व्यक्तिले नेपाल इन्भेस्टमेन्ट बैंकको नेपाल पर्यटन बोर्डको खातामा पाँच हजार रुपैयाँ जम्मा गरेर आवेदन गर्ने सक्नेछन् भन्दै बोर्डले इच्छुकले २१ दिनभित्र आवेदन बुझाइसक्नु पर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...