को होला त टुरिजम बोर्ड चलाउने नया सीईओ



हाम्रो इकोनोमि

 

 

नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन गरेको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको अवधि आगमी पुस ७ गते सकिने हुनाले बोर्डले सीईओका लागि आवेदन खुलाएको हो ।
जोशी वि.सं. २०७२ पुस २ गते सीईओमा नियुक्त भएका थिए । जोशीको उनको कार्यकाल सकिनुभन्दा २० दिनअघि विज्ञापन खोल्दै बोर्डले प्रमुख कार्यकारी अधिकृत हुनका लागि नेपाली नागरिक हुनुपर्ने, स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने, कम्तीमा १० वर्षको अनुभव, ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको, फौजदारी अभियोग नलागेका तथा विदेशमा पीआर नभएको हुनुपर्ने उल्लेख गरेको छ ।

इच्छुक व्यक्तिले नेपाल इन्भेस्टमेन्ट बैंकको नेपाल पर्यटन बोर्डको खातामा पाँच हजार रुपैयाँ जम्मा गरेर आवेदन गर्ने सक्नेछन् भन्दै बोर्डले इच्छुकले २१ दिनभित्र आवेदन बुझाइसक्नु पर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...