महिला भलिबल नेपाल विजयी



हाम्रो इकोनोमि

 

१३औं सागमा महिला भलिबलको स्वर्णका लागि अहिले नेपाल र भारत भिडिरहेका छन् । र, नेपाल २–१ ले अगाडि छ । त्रिपुरेश्परस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले गुमाएको थियो । भारत २५–१७ ले विजयी भएको थियो । तर त्यसपछि नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो ।

दोस्रो सेट २५–२४ ले जितेको नेपालले तेस्रो सेट २५–२१ ले जित्न सफल भयो ।

अब स्वर्णका लागि नेपाललाई एक सेटमा जित चाहिएको छ ।

खेलमा नेपाली टिमलाई दर्शकको पनि उल्लेख्य साथ छ । जब खेलाडीहरु स्पाइक हान्न जम्प गर्थे तब दर्शक ताली, हुटिङ र बाजा बजाएर समर्थन गर्छन् ।

खेलाडीलाई दर्शकमात्र नभएर भीआईपीतर्फ बसेका उपराष्ट्रपति नन्दबहादुर पुन, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्यसचिव रमेश कुमार सिलवाल, भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा लगायतले चियर अप गरे।

पहिलो पटक सागमा महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य बनाएको नेपालले भारतलाई हराउन सके ऐतिहासिक स्वर्ण जित्नेछ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...