इरानी फुटबल टोली अमेरिका पुग्यो



हाम्रो इकोनोमि

 

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय फुटबल टोली विश्वकप प्रतियोगिताका लागि अमेरिकामा पुगेको छ ।

टोलीले लस एन्जलसमा अवतरण गरेको एक दिनपछि न्युजिल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्ने तालिका रहेको छ । बीबीसीका अनुसार अमेरिका–इरानबीचको युद्धविराम तथा तनाव अन्त्य गर्ने सहमति सार्वजनिक भएपछि थप सैन्य तनाव बढ्ने आशंका केही हदसम्म कम भएको छ । तर यसले इरानी टोलीलाई घेरेको राजनीतिक विवाद भने अन्त्य गर्न सकेको छैन ।

इरानी स्ट्राइकर मेहदी तारेमीले बीबीसीसँग कुरा गर्दै अमेरिका–इरानबीचको तनावले टोली अमेरिकामा पुगेको पहिलो दिनदेखि नै प्रतियोगितालाई प्रभावित बनाएको बताएका छन् । राजनीतिक परिस्थितिका कारण टोलीको तयारीसमेत प्रभावित भएको बीबीसीले जनाएको छ। भिसासम्बन्धी समस्याका कारण इरानी टोलीले आफ्नो विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्न बाध्य भएको थियो ।

यसैबीच, लस एन्जलसमा बसोबास गर्ने ठूलो इरानी समुदायभित्र पनि टोलीप्रति मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपय इरानी मूलका अमेरिकीहरू विश्व फुटबल महासंघ (फिफा) ले सन् १९७९ को इस्लामिक क्रान्तिअघिको ‘सिंह र सूर्य’ झण्डामाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्ने तयारीमा छन् । अन्य केहीले भने वर्तमान इरानी टोलीलाई आफूहरूले हटाउन चाहेको राजनीतिक व्यवस्थाको प्रतिनिधिका रूपमा हेरेका छन् ।

यद्यपि खेलाडीहरूले आफूहरू राजनीतिक विवादभन्दा माथि उठेर इरानी नागरिकहरूलाई एकताबद्ध गर्ने र फुटबलमा मात्र केन्द्रित हुने उद्देश्यका साथ प्रतियोगितामा सहभागी भएको बताएका छन् । तर यस पटकको इरानी टोलीका लागि राजनीतिबाट टाढा रहन सम्भव भएको छैन । मैदानभित्र खेलमा केन्द्रित रहने प्रयास गरे पनि मैदानबाहिरको भूराजनीतिक तनावले उनीहरूलाई निरन्तर पछ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै विमलेन्द्र निधि

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ...

सरकारको चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड साँवा-ब्याज भुक्तानीमै खर्च

    सरकारले सार्वजनिक ऋण परिचालन गरेर प्राप्त गर्ने स्रोतको ठूलो हिस्सा पुरानै...

तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...

सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई...