टुटल र पठाओको पक्षमा यातायातमन्त्री नेम्वाङ



हाम्रो इकोनोमि

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले टुटल पठाओ लगायतलाई नरोक्न निर्देशन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानून नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए।

‘युवाहरूले काम पाइरहेको र यात्रुहरूले सेवा पाइरहेकाले यस्ता सेवा रोक्नु भन्दा यस्ता सेवाका बारेमा अध्ययन गरि कानून नबनुन्जेललाई यथास्थितिमा चल्न दिनुस्’ मन्त्री नेम्वाङको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने ।

यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो । यो सूचना प्रकाशित भएसँगै केही टुटल र पठाओ सेवा चालक पक्राउसमेत भएका थिए ।

केही समय अघि पनि टुटलमाथि कारवाही थालिएपछि व्यापक विरोध भएको थियो र प्रधानमन्त्री केपी ओलीले सञ्चालन गर्न नरोक्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...