नक्कली चेकबाट यसरी निकाले जनता बैंक काठमाडौंकाे २० लाख



हाम्रो इकोनोमि

 

चिनियाँ गिरोहले सिष्टम ह्याक गरेर नेपालका बैंकहरुबाट तीन करोड रुपैंयाँ रकम झिकेको चर्चा सेलाउन नपाउँदै बैंकको रकम अवैध रुपमा चोरी गर्ने नेपाली गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न बैङ्कमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भई हाल कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे र २१ वर्षीय अञ्जन बराल रहेका छन् । त्यस्तै, बागलुङ लगकोट नगरपालिका घर भइ काठमाडौंको बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे घर भएर हाल काठमाडौंको सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् ।

जनता बैङ्कका खातावाल गोपालमान राजवहाकले आफ्नो खाताबाट पटक–पटक गरेर १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइलमा मेसेज आएपछि गत मंसिर ८ गते प्रहरीलाई उजुरी गरेका थिए ।
सूचना प्राप्त गर्न साथ परिसरको विशेष टोलीले सम्बन्धित बैङ्कका उच्च पदाधिकारीसँग छलफल गरेर बैंकको रकम झिक्ने गिरोहलाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् ।

पीडितको खाता जाँच गर्दा पीडितलाई दिएको चेकबुक बाहिरबाट नयाँ चेकबुक निकाल्न सफल भई नयाँ चेकबाट पैसा निकाल्न सफल भएको पाइएको छ ।

खोजतलास गर्ने क्रममा मंसिर ९ गते पीडितको खाताबाट पैसा निकाल्न पुनः चेक बोकेर एक जना व्यक्ति जनता बैङ्क न्युरोड शाखामा पुगेको सूचना प्रहरीले पाएको थियो । प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी थप सोधपुछ गरेपछि थप पाँच जना पनि पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, विभिन्न बैङ्कहरुको ठूलो परिणाममा चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, एनआइसी बैंकका भिषा कार्ड, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी, प्रयोग भएका हस्ताक्षरका नक्कलहरु बरामद गरिएको छ ।

६ जनामाथि बैङ्किङ कसुरसम्बन्धी मुद्दामा पाटन उच्च अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

अभियुक्तहरुले बैङ्कमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी सोही व्यक्तिको नाममा चेक हराएको निवेशदन दिएर नयाँ चेक बुक निकाल्ने र हस्ताक्षर मिलाइ लाखौँ रुपैयाँ निकाल्न सफल भएको प्रहरीको भनाइ छ ।

कयौं व्यक्तिहरुको नाममा रहेको खाताको सयौं थान सक्कली चेक समेत लिन सफल भएको देखिएको साथै सो खातावालहरुको सक्कली भिषा कार्ड समेत बनाइ प्रयोगमा ल्याएको देखिएकाले सम्बन्धित बैङ्कका कर्मचारीहरुको मिलोमतोको आशं अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...

ओलीसहित वर्तमान कार्यसमितिको वैधानिकता सकिएको कार्यदलको निष्कर्ष

      नेकपा एमालेमा पार्टी संगठन सुदृढीकरण तथा निर्वाचन परिणामको समीक्षा गर्न...

नबिल बैंकको नाफा ३४ प्रतिशतले बृद्धि

     नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दबाब बढिरहेका बेला...

खराब कर्जाले बैंकिङ क्षेत्रमा बढ्दो दबाब

    नेपालको बैंकिङ क्षेत्र यतिबेला बढ्दो खराब कर्जाको चपेटामा परेको छ ।...