बिहेको पहिलो रात मात्रै होईंन श्रीमानले मलाई कहिल्यै छोएनन, हेर्नुहोस् यस्तो छ कारण



हाम्रो इकोनोमि

 

मेरो विवाहको पहिलो रात थियो । म पहिलो रात कुनै पुरुषसँग अन्तरङ्ग हुदैँ थिएँ । नजिकका साथीहरुसँग भएका कुराकानी र हेरेका पोर्न भिडियोले मेरो दिमागमा सपना र इच्छाहरुका कैयौँ तस्बिर बुनेको थिए । हातमा दूधको गिलास लिएर टाउको झुकाएर जब म मेरो सुत्ने कोठामा गएँ । त्यति बेलासम्म सबै सोचे अनुरुप नै थियो ।

तर मलाई के थाहा थियो र त्यो रातले मेरो जीवनमा यति ठूलो उतारचढाव ल्याउने छ । मेरा श्रीमानले मलाई कसेर अँगालो हाल्नेछन्, म्वाई खानेछन् र रातभरी मलाई माया गर्छन् भन्ने सपना सजाएर जब म कोठामा पसेँ वास्तविकता त्योभन्दा भिन्न उनी पहिले नै सुतिसकेको थिए । म ३५ वर्षसम्म कुमारी नै थिएँ, श्रीमानले मेरो अस्तित्व नस्विकारेकोमा मलाई सारै दुःख लागेको थियो ।

कलेजका दिनहरुमा मात्र होइन, अफिसमा पनि मैले कैयौँ केटाकेटीहरुबीच गहिरो मित्रता देखेकी थिएँ । उनीहरु आफ्ना पार्टनरका काँधमा आफ्नो टाउको राख्थे । हात समातेर घुम्थे । म मेरो पनि त्यस्तै कोही साथी हुनेछ भनेर सोच्थेँ । हाम्रो ठूलो परिवार थियो । चार भाइ, एक बहिनी र बूढा आमाबुबा । यत्रो परिवार हँुदा पनि मलाई सधैँ एक्लै छु जस्तो लाग्थ्यो । मेरा सबै भाइबहिनीको विवाह भइसकेको थियो । उनीहरुको आआफ्नो परिवार थियो ।

मेरो उमेर बढेसँगै उनीहरु कहिलेकाहीँ मेरोबारे वास्ता गरिरहेको जस्तो मलाई लाग्थ्यो । मेरो मनमा पनि माया गर्ने इच्छा थियो तर यी सबै कुरा मेरो कल्पनामा मात्र थियो । मलाई कहिलेकाहीँ मोटी भएका कारण हो कि मलाई कसैले नहेरेको भन्ने लाग्थ्यो । के पुरुषहरू मोटी केटी मन पराउँदैनन् रु के मेरो परिवार मेरो शारीरिक तौलका कारण मेरा लागि जीवनसाथी खोज्न असफल भएको हो त र के म सधैँ एक्लै रहने छु र मेरो मनमा यस्ता प्रश्नहरु खेलिरहन्थे ।

कामनान्यूजबाट

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...