आफ्नो भर्जिन छोरी संग बिहे गर्न अर्बपति पिताले गरे यस्तो अनौठो प्रतियोगिता



 

थाइल्याण्डका अर्बपति अरनान रोदथोंगले ज्वाइँ खोज्नको लागि प्रतियोगिता गराउँदैछन् ताकि उनले आफ्नी छोरीको लागि योग्य ज्वाइँ खोजेर उनको बिहे गरिदिन सकुन् । प्रतियोगिताका विजेतासँग उनी आफ्नी छोरीको बिहे गराउनेछन् ।

साथमा उनले आफ्नो व्यवसायमा पार्टनरशिप र साढे ३ करोड रुपैयाँ पुरस्कार पनि दिनेछन् । अरनान डुरियन फलका ठूला व्यवसायी हुन् । यो प्रतियोगिताको लागि उनले सामाजिक संजालमा एउटा पोस्ट पनि लेखेका छन् ।

अरनानका अनुसार ‘यदि म प्रतिक्षा गरुँ कि ज्वाइँ आउनेछन् र मेरी छोरीसँग बिहे गर्ने अनुमति माग्नेछन्, त्यो हुँदासम्म निकै ढिलो भैसक्नेछ । त्यसैले म यो प्रतियोगिता गराउँदेछु । अहिलेसम्म एक हजारभन्दा धेरै जनाको आवेदन आइसकेको छ ।’

उनका अनुसार यो प्रतियोगितामा भाग लिने युवाहरुको व्यक्तित्व र डुरियन फलको ज्ञानको जाँच गरिनेछ । प्रतियोगिता १ अप्रिलका दिन थाइल्याण्डको चर्चित पर्यटकीय शहर पटायामा एक रिसोर्टमा गरिनेछ ।

ज्वाइँ खोज्नको लागि अरनानले सामाजिक संजालमा एक पोस्ट शेयर गरेका छन् । पोस्टमा लेका छन् ‘म चाहन्छु कि कोही मेरो कारोबार ठिकसँग अगाडि बढाओस् । यसलाई सधैं राम्रोसँग चलाओस् ।

म ब्याचलर, मास्टर्स वा दर्शनशास्त्रको डिग्री भएको व्यक्ति चाहन्न । म एउटा मेहनती व्यक्ति चाहन्छु । म यस्तो व्यक्ति चाहन्छु जसले कारोबारको साथमा मेरी छोरीको पनि ख्याल राख्न सकोस् ।

ब्याचलर, मास्टर्स वा दर्शनशास्त्रको डिग्री भएको व्यक्ति चाहन्न । म एउटा मेहनती व्यक्ति चाहन्छु । म यस्तो व्यक्ति चाहन्छु जसले कारोबारको साथमा मेरी छोरीको पनि ख्याल राख्न सकोस् ।

प्रतियोगिताको बारेमा अरनानकी २६ वर्षकी छोरी कर्णसीताले भनिन् ‘पहिले यसबारे सुन्दा मलाई झट्का लागेको थियो । पछि मलाई हाँसो लाग्न थाल्यो । मेरा पिता मेरो भलो चाहनुहुन्छ । उहाँ चाहनुहुन्छ कि मेरो पतिको पनि व्यत्तिःत्व मेरा दाजुभाइको जस्तै राम्रो होस् ।

एक यस्तो व्यक्ति जसले आफ्नो परिवारलाई माया गरोस् । म यस्तो पुरुष चाहन्छु जसलाई म सामाजिक इभेन्टहरुमा पनि आफ्नो साथमा लिएर जान सकुँ ।’

 कामनान्यूजबाट

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग