पत्रकारद्धय अजयबाबु सिवाकोटी र जीवन भण्डारी पुरस्कृत



हाम्रो इकोनोमि

 

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा पत्रकारद्धय सिवाकोटी र भण्डारीलाई सम्मानित तथा पुरस्कृत गरेको हो । हाम्रा कुरा डटकमका सम्पादक सिवाकोटी र राष्ट्रिय समाचार समिती (रासस) का उप–सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिनुभयो ।

 

पोखरामा आज आयोजित डिएलएको बार्षिक साधारणसभामा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले पत्रकार सिवाकोटीलाई कानुन पत्रकारीता सम्मान तथा भण्डारीलाई क्रियासिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको हो । साधारणसभाामा देशभरबाट डिएलएका प्रतिनिधीहरु सहभागी थिए । साधारणसभाले पोखरा धोषणा पत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिनुभयो । प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना वि.स २०४७ सालमा वरिष्ठ कानुनविद् स्व. लक्ष्मण प्रसाद अर्यालको नेतृत्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...