मन्त्रीको लिष्ट बोकेर प्रधानमन्त्री शीतल निवास पुगे, आजै शपथ खुवाउने तयारी



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । प्रधानन्त्री ओली मन्त्रीहरुको लिष्ट बोकेर शीतल निवास पुगेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजेसम्म सपथ गराउने तयारी भएकाले त्यसैको प्रक्रिया मिलाउन प्रधानमन्त्री शितलनिवास गएको जानकारी दिए ।

राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए ।

मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल पुर्नगठन गर्ने भन्दै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई सुझाव दिएका थिए ।

सचिवालय बैठकले पाँच मन्त्रीलाई बिदा दिने र केहीको जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्नेछ । नयांँ मन्त्रीको सपथ पनि बुधवार साँझ गर्ने तयारी छ ।

सचिवालयबाट उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, भौतिकमन्त्री रघुविर महासेठ, भुमिसुधारमन्त्री पद्मा अर्याललाई मन्त्रिपरिषदबाट बिदाई गर्ने तयारी छ । यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि हटाइने सूचीमा परेका छन् ।

संचारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईलगायत मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारी छ । त्यस्तै नयाँ मन्त्रीका लागी सुरेन्द्र पाण्डे,पम्फा भुषाल, रामेश्वर राय यादव, घनश्याम भुषाल, जनार्दन शर्मालगायतको सम्भावाना बढी छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...