मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै



हाम्रो इकोनोमि

 

। मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।

यो बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेर गर्दैछन् । तर, शपथ ग्रहणको समय भने टुंगो लागेको छैन ।

शपथग्रहण समारोहको समयको विषयमा राखिएको जिज्ञासामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘सचिवालय बैठकपछि हुने भन्ने छ, तर समय टुंगो लागिसकेको छैन ।’

सचिवालय बैठकअघि ओली र प्रचण्डबीच छलफल

सचिवालय बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल हुँदैछ । प्रचण्डको सचिवालय स्रोतका अनुसार प्रचण्ड बिहान नौ बजे ओलीलाई भेट्न बालुवाटार जाँदैछन् । यो भेटमा प्रचण्डले तत्कालीन माओवादीको तर्फबाट मन्त्री बन्नेहरुको सूची प्रधानमन्त्रीलाई दिने बताइएको छ ।

मन्त्रिपरिषद हेरफेरको विषयमा यसअघि पनि ओली र प्रचण्डबीच पटक-पटक छलफल भइसकेको छ । अघिल्ला छलफलमा पार्टी एकताको बाँकी काम र मन्त्रिपरिषद हेरफेर प्याकेजमै टुंगो लगाउने सहमति भएको थियो ।

गत भदौमा प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिने भनेर ओलीले आश्वासन दिएका थिए । तर, ओलीले आश्वासन दिएजस्तो र आफूले खोजेजस्तो जिम्मेवारी नपाएपछि प्रचण्डले अघिल्लो बैठकमा मुखै खोलेर कार्यकारी अध्यक्षमा दाबी प्रस्तुत गरेका थिए ।

अहिले नेकपाको बाँकी एकता प्रक्रिया पनि कार्यकारी अध्यक्षमै अल्झिएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन । नेकपाको ३२ वटा केन्द्रीय विभाग गठन भए पनि सचिव र सदस्यहरु चयन हुन सकेका छैनन् । साविक एमाले र माओवादीबाट मिलाएर पहिले विभाग सदस्यहरु चुन्ने र त्यसपछि सचिव टुंगो लगाउने तयारी भइरहेको नेकपा स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...