बैङ्कबाट ऋण लिन चाहनुहुन्छ, कुन बैङ्क सस्तो पर्छ ?



हाम्रो इकोनोमि

 

तपाईं, घरजग्गा वा व्यवसाय आफ्नै होस् भन्ने चाहनुहुन्छ तर पैसा छैन । यसकारण तपाईंलाई बैङ्कबाट ऋण चाहिएको छ । यदि हो भने एउटै बैङ्कमा मात्र भर नपर्नुस् । सर्वप्रथम बैङ्कबाट ऋण लिने मनसाय हो भने नेपालमा रहेका २८ वटै वाणिज्य बैङ्कको अहिलेको आधार दरमा तपाईंले नजर डुलाउनै पर्ने हुन्छ । बैङ्कहरूले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । विवरणअनुसार उनीहरूको आधार दर घटेको देखिएको छ । गत वर्षको यसै अवधिको तुलनामा सरकारी बैङ्कबाहेक अन्य बैङ्कको आधार दर घटेको छ । पब्लिक बैङ्कका एनएमबीको आधारदर बढेको छ ।

आधारदर कम हुनु भनेको सामान्यतया ऋणको ब्याजदर घट्नु हो । विगतका दिनमा निकै सस्तो कर्जा प्रदान गर्दै आएको राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर बढेको छ । यसको आधार दर ६.६० प्रतिशत पुगेको छ । सरकारी लगानीको बैङ्क भए पनि कृषि विकास बैङ्कको आधार दर दोहोरो अङ्कमा देखिएको छ । बैङ्कको आधार दर ३.८५ प्रतिशतले बढेर १०.१८ प्रतिशतमा पुगेको छ । नेपाल बैङ्कको पनि ०.३२ प्रतिशतले आधार दर बढेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...