बैङ्कबाट ऋण लिन चाहनुहुन्छ, कुन बैङ्क सस्तो पर्छ ?



हाम्रो इकोनोमि

 

तपाईं, घरजग्गा वा व्यवसाय आफ्नै होस् भन्ने चाहनुहुन्छ तर पैसा छैन । यसकारण तपाईंलाई बैङ्कबाट ऋण चाहिएको छ । यदि हो भने एउटै बैङ्कमा मात्र भर नपर्नुस् । सर्वप्रथम बैङ्कबाट ऋण लिने मनसाय हो भने नेपालमा रहेका २८ वटै वाणिज्य बैङ्कको अहिलेको आधार दरमा तपाईंले नजर डुलाउनै पर्ने हुन्छ । बैङ्कहरूले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । विवरणअनुसार उनीहरूको आधार दर घटेको देखिएको छ । गत वर्षको यसै अवधिको तुलनामा सरकारी बैङ्कबाहेक अन्य बैङ्कको आधार दर घटेको छ । पब्लिक बैङ्कका एनएमबीको आधारदर बढेको छ ।

आधारदर कम हुनु भनेको सामान्यतया ऋणको ब्याजदर घट्नु हो । विगतका दिनमा निकै सस्तो कर्जा प्रदान गर्दै आएको राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर बढेको छ । यसको आधार दर ६.६० प्रतिशत पुगेको छ । सरकारी लगानीको बैङ्क भए पनि कृषि विकास बैङ्कको आधार दर दोहोरो अङ्कमा देखिएको छ । बैङ्कको आधार दर ३.८५ प्रतिशतले बढेर १०.१८ प्रतिशतमा पुगेको छ । नेपाल बैङ्कको पनि ०.३२ प्रतिशतले आधार दर बढेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...