तरूण दलका नेतासँग खसी माग्ने डिएसपी शाहीमाथि कारबाही सिफारिस



हाम्रो इकोनोमि

 

 

इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।

तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरी आचरणविपरीत खसी मागेको आरोप पुष्टि भएपछि शाहीलाई विभागीय कारबाहीको सिफारिस भएको हो।

प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार प्रदेश नम्बर ५ का प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलाई प्रतिवेदन बुझाउँदै शाहीलाई विभागीय कारबाही सिफारिस गरेको हो।

शाहका अनुसार शाहीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकलाई प्रतिवेदनउपर निर्देशन दिइने छ।

‘प्रहरी आचरणविपरीत डिएसपी र प्रहरी नायब निरीक्षक (सई) सुरेन्द्रकुमार पन्तले खसी मागेको प्रतिवेदनले देखाएको छ,’ शाहले भने, ‘दुवैलाई विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइने छ।’

प्रहरी आचरणमा विभागीय कारबाही अन्तर्गत सचेत गराउने, नसियत दिने, ग्रेड रोक्का, बढुवा रोक्का तथा कसूर हेरेर एक तहसम्म घटुवा गर्न सकिने व्यवस्था छ।

‘कसूर हेरेर यी सबैमा कारबाही हुन सक्छ,’ शाहले भने।

साधारणतया, यस्तो विवाद आएपछि प्रहरी प्रधान कार्यालय वा प्रदेश प्रहरीले तुरुन्त पोस्टिङबाट हटाउने पनि गर्छन्, त्यसलाई प्रहरी आन्तरिक कारबाही भनिन्छ। तर, शाहीलाई भने त्यस्तो कुनै कारबाही गरिएको छैन।

पन्तले खड्कासँग सुरूमा खसी मागेको र त्यही फोन डिएसपी शाहीलाई दिएको खुलेको छ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...