आफ्नैले लुटेको त्यो कलिलो शरीर हेर्नुहोस् र सेयर गर्नुहोस्



 

 

बाल्यकालको डरलाग्दो यथार्थसँग जोडिएको छ । त्यही व्यक्ति जसले तपाईं बालिका हुँदा कलिलो शरीरमाथि आफ्ना वयस्क अंगले मनलाग्दी गरेको थियो । अनि त्यो याथार्थ आजसम्म पनि तपाईंसँग मात्रै सीमित छ, डरलाग्दो विगत बनेर । हो त्यही व्यक्ति १५/१६ वर्षपछि अचानक भेटिन्छ । पारिवारिक मर्यादाका कारण सार्वजनिक स्थानमा तपाईंले उसलाई नमस्कार गर्नुपर्छ । अनि, उ हाँस्दै तपाईंको नजिक आउँछ । शरीरमा धाप मार्छ र भन्छ, ‘कति ठूली भइसकिछौ । कुनै सम्पर्क, भेटघाट नै छैन ।’यतिमा मात्रै सीमित हुँदैन । पारिवारिक सम्बन्धलाई आधार बनाएर तपाईंको गाला चिमोट्न पनि भ्याउँछ । अनि नजिक आएर भन्छ, ‘सानामा म तँलाई आफ्नै हातले खेलाउँथे । मेरो काखमा राख्थेँ, बिर्सिस् ?’

त्यतिबेला तपाईको प्रतिक्रिया कस्तो हुन्छ ? मेरो एक साथीले माथिको घटना आफैले बेहोरेकी छ । हालैको एकदिन उसले मध्यरातमा मेरो निन्द्र खल्बल्याएर फोनबाट एकै सासमा घटना सुनाइ । अनि मुुर्मुरिँदै भनि, ‘त्यसले के सोचेको ? म त्यसलाई मारिदिउँ ? तँ त वकिल भन् त, त्यसलाई मार्दा मलार्ई कानून लाग्छ कि लाग्दैन ? त्यसलाई के सजाय दिन सकिन्छ ?’

उसको अनुसार घटना यस्तो थियो – १५ वर्ष अघि, ‘मामा आए घोडा…’ भनेर कविता कण्ठ गर्दै एक सासले सुनाईसक्ने उनको मामा एकदिन हातभर चकलेट र झोलाभर खेलौना लिएर आए । उसको हातभरी अरेन्जबल टफी राखीदिए । अनि उसका गाला मुसारे, ढाड थप्थपाए र काखमा राखे । मामा उसलाई तलैलता भएको जामा पनि ल्याइदिएका थिए । तर, त्यो जामा लगाउनुअघि उसलाई नाङ्गो पारेर एकछिन ‘कुरी कुरी…’ भन्दै जिस्क्याए । हजुरआमा र आमाबुवाले त्यसलाई अनौठो मानेनन् । बरु सबैजना मामासँगै मरीमरी हाँसे ।

उ त्यतिबेला लाजले भुतुक्कै भएकी थिई । सबैले जिस्क्याएपछि के भन्न सक्थी र ! त्यो दिनको भोलीपल्ट बिहान बुवाआमा उठिसके पछि मामा भान्जी सुतिरहेको ओच्छ्यानमा गए । भाञ्जीसँग एकछिन गफ गर्न आएका मामाले उसका कलिला बुबु चलाए । ‘सुसु’ गर्ने ठाउँ खेलाए । त्यतिले मात्रै पुगेन आफ्नो वयस्क शरीर जतासुकै छुन चुम्न लगाए ।

तिनै साना बुबुहरु बढेर अहिले स्तन भएका छन् । सुसु बढेर ‘गुप्ताङ्ग’ । उसले धेरैपछि थाहा भयो ‘मामाले उसलाई माया गरेको होईन शोषण गरेको रहेछ ।’उसलाई बुवा आमासँग मामाले आफूसँग गरेको व्यवहार भन्ने आँट आएन । तर, मामा आउँदा जहिलेपनि यो सिलसिला दोहोरिन थाल्यो । अझ बढ्दै गयो । अहिले उनलाई थाहा भयो, त्यो त हाडनाता करणी पो रहेछ ।

मेरी बालापनको साथीको जस्तै भोगाइ अर्की शिक्षक साथीको पनि छ । उनी किशोर अवस्थामा हुँदा सहोदर काकाले पटक पटक शोषण गरेका थिए । उनले त आफ्नी आमालाई काकाले आफूमाथी गरेको दुव्र्यवहार सुनाएको पनि थिइन् । त्यतिबेला आमाले उनको मुख थुन्दै भनेकी थिइन्, ‘आइन्दा यस्तो कुरा नर्गनु ! उत्ताउलिएर नहिँड् ।’ काकाको डरले गर्दा उनले १६ वर्ष नपुग्दै उनले गाउँकै एउटा केटासँग भागेर विवाह गरिन् ।

उनले भनिन्, ‘काकाले ममाथि गरेको अत्याचारबारे मुख खोल्न नसकेपछि विहे गर्नुको विकल्प मैले देखिनँ । त्यसबेला नेपालमा कस्तो कानुन थियो भन्ने थाहा पनि थिएन । अहिले भए काका न साका जेलमै कोचेर छोड्थें ।’विहेपछि माइत जाँदा काकाले ‘आखिर तँलाई पोइनै चाइएको रै’छ’ भनेको आजसम्म भूलेकी छैनन् । न त कसैलाई भनेकी नै छन् ।

समय घर्किएपछि भन्नुको अर्थ पनि हुँदैन । त्यसबेलाको केस उजुरी गर्न न हदम्याद पुग्छ, न त प्रमाण नै भेटिन्छन् । बलात्कार जस्तो जघन्य अपराधको लागि हदम्यादको अत्यन्त ठुलो महत्व हुन्छ । जुन हाम्रो कानुनले बढीमा एक वर्ष मात्र भनेर तोकेको छ । प्रमाणहरु नष्ट भएको अवस्थामा केवल जाहेरी दरखास्त वा उजुरीमात्रलाई प्रमाण मान्नु पर्ने हुँदा मुद्दा कमजोर पर्छ । कानूनी रुपमा न्याय पाउन कठिन छ ।

कानूनी रुपमा न्याय सहज नभएपनि मुख खोलेमा पीडितलाई केही राहत हुनसक्छ भन्ने पछिल्ला केही घटनाले भने देखाएका छन् । ‘अब त अति भो, कति सहने ?’ भन्दै संसारभर ‘मी टू अभियान’ नै चलेको छ । महिलाहरुले आफूलाई कसले र कसरी यौन हिंसा गर्यो भन्ने कुरा अनलाईन मार्फत उजागर गरिरहेका छन् । यो अभियानले विश्वका धेरै महत्वपुर्ण मानिसहरुको चरित्र उदांगो बनाइदिएको उदाहरण पनि छ ।

नेपालमा पनि ‘मी टू’ अभियानले केही हदसम्म पुराना यौन अपराधहरु बाहिर ल्याउने प्रयास गर्यो । काठमाडौं महान गरपालिकाकी एक पूर्व कर्मचारीले तत्कालिन मेयर केशव स्थापितमाथि यौनजन्य हिंसाको आरोप लगाईन् । उनले स्थापितसँग ‘क्वालिटी टाइम स्पेण्ड’ नगर्दा जागिर गुमाउनु परेको थियो भनेर सामाजिक सञ्जालमा लेखेपछि प्रदेश नम्बर ३ का मुख्यमन्त्रीले उनलाई मन्त्री पदबाट बर्खास्त गरे । यस्ता अरु केही उदाहरण पनि छन् । यस विचारमा उल्लेख भएका मेरा दुई साथीको घटना पनि उनीहरुले धक नमानी खोल्ने हो भने उनीहरुलाई त्यसबेला गरेको कर्तुतको सजाय सामाजिक रुपमा दिलाउन सकिन्छ ।

मलाई लाग्छ, ति दुई पुरुषबाट हिंसामा पर्ने मेरा दुई साथी मात्रै थिएनन् होला । उनीहरुबाट त्यतिबेला अरु बालिकाहरु पनि हिंसामा परे होलान् । मेरा साथीहरुले आफूमाथिको घटना सार्वजनिक गरेभने बाँकी हिंसामा परेकाले पनि मुख खोल्न सक्छन् । त्यसपछि तिनीहरुलाई सामाजिक कारबाही गर्ने बाटो अझ फराकिलो हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग