छबुको सौन्दर्य यात्रा



हाम्रो इकोनोमि

 

पछिल्लो समय बरिष्ठ ब्युटिसियन छबु कार्की वस्नेतको ब्यस्तता बढ्दो छ । भोजपुरको मर्याङडाँडा प्याउलीकी ब्युटिसियन छबुले व्यस्ततासँगै सौन्दर्य तथा शृँगारको क्षेत्रमा छुट्टै पहिचान बनाएकी छन् ।
हिजोआज उनी चलचित्र र म्युजिक भिडियोका लागि मेकअप आर्टिष्टका रूपमा समेत चर्चित छिन् । ब्युटिसियन पेसा रोजेकी उनी आफ्नो क्षमता, इच्छा र लक्ष्यलाई पूरा गर्नुपर्छ भन्ने सोचले एक दशकदेखि सक्रिय छिन् । सानैदेखि क्रियटिभ र एक्टिभ रहन रुचाउँने उनी भन्छिन्, ‘मलाई केही न केही गरिरहन मनपर्छ ।’

 

अमेरिकाको डालासस्थित एक ब्युटिपार्लरमा पाँच वर्ष काम गरेर फर्किएकी ब्युटिसियन छबुले आफ्नो क्षेत्रबाट पहिचान मात्र नभएर सम्मान र पुरस्कार पनि पाइसकेकी छन् । उनले भनिन्, ‘ब्युटिसियन पेसा अँगालेर राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानहरू पनि पाइसकेकी छु ।’ ब्युटिसियन तथा समाजसेवाको क्षेत्रमा पु¥याएका योगदानको कदरस्वरूप उनले विभिन्न अवार्ड एवं सम्मान पाइसकेकी छन् । पछिल्लो समय अमेरिकाको अनुभवलाई उनले नेपालका बिपन्न वर्गका दिदीबहिनीहरूमाझ बाँड्दै आएकी छन् । जसका कारण हातमा कुनै सिप नभएकाले आफ्नै ब्युटिपार्लर खोलेर आत्मनिर्भर तथा आर्थिकरूपले सबल बन्दै आएको उनको भनाइ छ ।

 

ब्युटिसियन छबु विभिन्न संघसंस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगिताहरूमा निर्णायकको भूमिका समेत निभाउँदै आएकी छन् । साथै उनले ब्युटिसियनको प्रशिक्षण पनि दिँदै आएकी सुनाइन् ।
उनी सौन्दर्यप्रति निकै सचेत छिन् । उनी भन्छिन्, ‘बजारमा सौन्दर्य प्रसाधनको कुनै कमी छैन । तर, बजारमा पाइने सबै सौन्दर्य प्रसाधन गुणात्मक नहुन सक्छ, जसको प्रयोगले अनुहार वा शरिरको अन्य भागमा नकारात्मक असर पर्ने हुँदा मेकअप सामाग्री किन्दा ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
माधवकुमार नेपाल अस्पतालमा भर्ना

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

शिक्षामन्त्री पुनले दिए राजीनामा

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् ।...

माछापुच्छ्रे बैंकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने

    माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित देशकै ठूलो अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा...