समाजवादीको बैठक : सरकारमा रहिरहने कि बाहिरिने ?



हाम्रो इकोनोमि

 

 

संघीय समाजवादी पार्टी नेपालको संघीय परिषद बैठक बिहीबार काठमाडौंमा बस्दैछ।

दिउँसो १२ बजेदेखि प्रज्ञा भवनमा बैठक सुरू हुने पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएदेखि अहिलेसम्मको अवस्थाबारे समेटिएको प्रतिवेदन बैठकमा संघीय अध्यक्ष बाबुराम भट्टराईले पेश गर्नेछन्।

‘समाजवादी पार्टी निर्माण र आगामी कार्यदिशाबारे अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ,’ पाण्डेले भने। परिषद बैठक बिहीबार नै सकिनेछ।

समाजवादीले शुक्रबार र शनिबारका लागि केन्द्रीय परिषद बैठक डाकेको छ। परिषदका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठक मुख्यगरी दुइटा एजेन्डामा केन्द्रीत हुने समाजवादी पार्टीले जनाएको छ।

राष्ट्रिय जनता पार्टी राजापासँग पार्टी एकीकरण र केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने वा सरकारमा निरन्तरता दिने भन्ने बिषय छलफलका एजेन्डा छन्।

समाजवादीभित्र सरकारबाट बाहिरिनुपर्ने आवाज उठेको छ। राजपाले पनि पार्टी एकीकरणका लागि पहिले सरकार छाड्न समाजवादीसँग माग राख्दै आएको छ।

प्रधानमन्त्री ओली समाजवादीका अध्यक्ष यादवसँग रष्ट छन्। सरकारमा बसेर सरकारकै विरोध गरेको भन्दै यादवसँग ओली असंतुष्ट बनेका हुन्। यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री छन्।

आफूले सम्हालेको मन्त्रालयमा पनि प्रभावकारी काम गर्न नसकेको भन्दै समाजवादीभित्र पनि सरकारबाट बाहिरिनुपर्ने आवाज उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...