नेविसंघको नारा केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै नेपाली कांग्रेस निकट नेवि संघले भारतीय बिस्तारवादको विरोध गरेको छ । सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौमा प्रदर्शन गरेको हो । पशुपति क्याम्पस चावहिलबाट सुरु भएको विरोध प्रदर्शन चावहिल चोक, गौशालासहित विभिन्न ठाउँको परिक्रमापछि कोणसभामा परिणत भएको हो । विद्यार्थीहरुले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पनि माग गरेका छन ।

सहभागीहरूले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ लगायतका नारा भएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा निस्केका थिए ।

प्रदर्शनका सहभागीहरुले भारतले नक्सा सच्याउनुपर्ने माग राखेका छन् । विद्यार्थीहरुले लामो समय देखि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारेको भन्दै त्यसको चर्को विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...