स्ट्रिट टु होमलाई भौतिक सामग्री हस्तान्तरण



हाम्रो इकोनोमि

 

धादिङ् समाज जापानले, सडक बालबालिकाहरु तथा असाहय व्यक्तिहरुलाई सहयोग गर्दै आएको संस्था – (सडक बाट घर) स्ट्रिट टु होमलाई भौतिक सामग्रीहरु हस्तान्तरण गरेको छ । सहयोगाक्षिलाई, क्षणिक केहि दान दिएर परनिर्भर र आसामुखि बनाउनु भन्दा शिप, शिक्षा र अवसर दिऊँ भन्ने संस्थाको अभियानलाई प्रेरणा र हौसला दिँदै, समाजले यस प्रकारको सहयोग हस्तान्तरण गरिएको हो । समाजका महासचिव बिमल श्रेष्ठका अनुसार, सहयोग स्वरुप २५ हजार रुपैँयाको कपडा राख्ने दराज ,१३ हजार रुपैँयाको स्कूल पोशाक , १० हजार रुपैँयाको तरकारी बेच्नकालागि ठेलागाडा तथा २३ सय ६० रुपैयाँको अभ्यास् पुस्तिका(कापी) प्रदान गरिएको हो ।

 

संचारकर्मि बिष्णु आचार्यको आह्वान पछि, जापानमा कृयाशिल अर्का संचारकर्मी राजन गौतमको पहलमा धादिङ समाज जापान ‘स्ट्रीट टु होम’संग जोडिन पुगेको हो । धादिङ् समाज जापानका संचार संयोजक समेत रहेका गौतमले समाजलाई गरेको प्रस्तावमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको स्विकृति प्राप्त भएपछि, दशैँ तिहारको अवसरमा, संस्थाको अध्यक्ष कृष्ण प्रसाद खनाल तथा महासचिव स्वयम संस्थामा पुगि सो, सहयोग सामग्री हस्तान्तरण गरिएको हो । अध्यक्ष खनालले भने -‘संस्थाको बारेमा सुनेको भरमा सहयोगको निर्णय गरेका थियौँ,संस्थामै पुगेर हेर्दा वास्तबमै सहि निर्णय गरेको महशुस भयो,संस्थाले निकै राम्रो काम गरेको रहेछ ।

धेरै सडक बालिकाहरुले आश्रयसंगै शिक्षा पनि पाईरहेका रहेछन् । त्यस्तै असाहयहरुलाई स्वआर्जन उन्मुख बनाएको रहेछ । संस्थाकी व्यवस्थाप एवं संचालिका सुगिता शाहले सहयोगप्रति खुसी हुँदै भनिन् -‘परदेशी भूमिमा पसीना बगाएर नेपाल आमा को सेवामा समर्पित धादिड़ समाज जापान को सम्पुर्ण टिम प्रति अत्यन्त आभारी छौँ। जसले हामीले थाले सानो प्रयास मा मजबुत इप्टा थपिदिनुभएको छ । हाम्रा नानी बाबु हरूको लागि वहाँहरूले गर्नुभएको सहयोगले अत्यन्त ठूलो गुन लगाएको छ । धादिङ समाज जापानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुज्युहरु प्रति हृदयदेखि कृतज्ञ छौँ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...