बङ्गलादेशका राष्ट्रपति हमिद नेपालमा, यस्तो छ चार दिनको कार्यतालिका



हाम्रो इकोनोमि

 

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिवसीय भ्रमणका लागि उनी आज मध्याह्न बङ्गलादेश एयरलाइन्सबाट नेपाल आएका छन । लामो समयपछि बङ्गलादेशबाट यस स्तरको भ्रमण भएको हो ।

आजै उनले भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नेछन् । त्यसपछि नेपालमा रहँदा राष्ट्रपति हमिद बस्ने होटल मेरियटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजैसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । राष्ट्रपति हमिद आज साँझ नेपालस्थित बङ्गलादेश राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।

त्यसैगरी भ्रमणको दोस्रो दिन राष्ट्रपति हमिद औपचारिक कार्यक्रममा व्यस्त रहने र यसै दिन दुई देशबीच हुने मुख्य कार्यक्रम सकिने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । जसअनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनादेशी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगात पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दल नेतालाई बुधबार नै भेट्नेछन् । उनको महत्त्वपूर्ण भेटघाट राष्ट्रपति भवन शीतल निवास र होटल ¥याडिनमा हुने जनाइएको छ ।

तेस्रो दिन बिहीबार राष्ट्रपति हमिद ‘रि ट्रिट’का लागि पोखरा जानेछन् । त्यहाँ उनले फेवा तालमा केहीबेर बोटिङ गर्नेछन् । त्यसैगरी उनले पोखराको विभिन्न स्थानको दृश्यावलोकन गर्नेछन् र काठमाडौं फर्किनेछन् । त्यसैगरी भ्रमणको अन्तिम दिन शुक्रबार चद्रागीरी जाने कार्यक्रम छ । उनी शुक्रबार साँझ ५:०० स्वदेश फर्कने छन् ।

 

तीन दशकपछिको उच्चस्तरीय यात्रा

तीन दशकपछि नेपाल र बङ्गलादेशबीचमा यो स्तरको भ्रमण हुन लागेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा यस्तै उच्चस्तरको भ्रमण भएको थियो । सार्क सम्मेलनका समयमा भएको त्यो भ्रमणलाई द्विपक्षीय भ्रमण भनिँदैन ।

यद्यपी २०४५ असोजमा १६ मा तत्कालिन राजा वीरेन्द्रको निम्तो मान्न बङ्गलादेशका तत्कालिन राष्ट्रपति हुसेन मोहम्मद आर्सदले नेपालको एक दिवसीय सद्भाव भ्रण गरेका थिए । सार्क तथा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) र बीबीआईएनजस्ता मञ्चको शीखर सम्मेलनमा बङ्गलादेशबाट प्रमुख कार्यकारी तहमै नेपालको भ्रमण भएको छ ।

 

वैकल्पिक सडकको प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म हुने नेपाल भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको हो ।

मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ । सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ । यसैगरी उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न चालकलाई आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...